News Portal

तीजलाई भड्किलो बनाएर विकृति फैलाउन नहुने एक कार्यक्रमका वक्ताहरूको जोड

सुरेश रोका मगर भदौ ११ दाङ
३१२ पटक
भदौ ११ दाङ

तीजलाई भड्किलो बनाएर संस्कृतिको नाममा विकृति फैलाउन नहुने एक कार्यक्रम का सहभागीले बताएका छन । नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघले शनिबार दाङको तुलसीपुरमा आयोजना गरेको तीज मिलन कार्यक्रममा बोल्ने सहभागीहरुले यस्तो बताएका हुन् ।

उनीहरूले दाजुभाइ तथा दिदीबहिनीको पारिवारिक सद्भाव र माया प्रेम आदानप्रदान गर्ने तीज पर्वलाई विकृतिको रूपमा नलिन आग्रह समेत गरेका छन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि महासंघका केन्द्रीय सदस्य टोप बहादुर घर्तीले एक आपसमा सुमधुर समबन्ध कायम गर्न, महिला हरुलाई घरमा मात्र सीमित नभएर राजनीतिक आर्थिक क्षेत्रमा मा पनि सहभागिता गराउनु पर्ने मा जोड दिनुभयो ।

प्रतिकृया दिनुहोस्