News Portal

सुनको मूल्य हालसम्मकै उच्च

फरकपोस्ट संवाददातासाउन ४ काठमाण्डाैं
७१६ पटक
साउन ४ काठमाण्डाैं

नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च भएको छ। बिहीबार सुनको मूल्य प्रतितोला १ लाख १३ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार यसअघि जेठ १८ गते प्रतितोला सुन १ लाख १३ हजार ३ सय रुपैयाँ पुगेको थियो। सुनको मूल्य बढेसँगै चाँदी पनि बढेको छ। आज प्रतितोला चाँदी १४९५ रुपैयाँ पुगेको छ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै नेपाली बजारमा पनि असर पर्ने गरेको महासंघको भनाइ छ।

प्रतिकृया दिनुहोस्