News Portal

विमानस्थलमा थप सुन रहेको आशंकामा जाँच हुँदै

फरकपोस्ट संवाददातासाउन ४ काठमाण्डाैं
५४९ पटक
साउन ४ काठमाण्डाैं

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अर्को थप सय केजी सुन भेटिएको आशंका गरिएकाे छ।

राजस्व अनुसन्धान विभागका अनुसार बिहीबार दिउँसो अर्को सय केजी सुन भेटिएको बखर आएपछि राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगाना एयरपोर्ट भन्सार कार्यालय पुगेका छन्। विमानस्थलमा तस्करीको थप सुन रहेको आशंकामा जाँच हुँदै छ।

मंगलबार मात्रै विमानस्थलबाट भन्सार जाँचपास भएर बाहिरिएको अवस्थामा करिब सय केजी सुन बरामद भएकाे थियाे। मोटरसाइकल/स्कुटरको ब्रेकसु तथा दाह्री काट्ने रेजरमा लुकाएर हङकङबाट तस्करी गरिएको उक्त सुन विमानस्थलस्थित भन्सार कार्यालयअगाडिबाट ट्याक्सीमा लैजान लाग्दा बरामद भएकाे थियाे। बरामद भएकाे उक्त सुन परीक्षणका लागि टक्सार विभाग लगिएकाे छ। नयाँपत्रिका

प्रतिकृया दिनुहोस्