News Portal

प्युठानमा ५५ प्रतिशत मत खस्यो

फरकपोस्ट संवाददातामंसिर ४ प्यूठान
५०४ पटक
मंसिर ४ प्यूठान

प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा प्युठानमा ५५ प्रतिशत मत खसेको छ । प्यूठानमा तोकिएको २ सय २३ वटै मतदान केन्द्रमा शान्तिपूर्णरुपमा मतदान सम्पन्न भएको छ ।

एक प्रतिनिधि सभा र दुई प्रदेश सभा निर्वाचन क्षेत्र रहेको प्यूठानमा ५५.११ प्रतिशत मत खसेको प्यूठानका प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जानकारी दिइन ।

यहाँ कुल १ लाख ५९ हजार ७६० मतदाता रहेकोमा ३७ हजार ९ सय ६१ पुरुष र ५० हजार ८६ महिला गरी जम्मा ८८ हजार ४७ जनाले मतदान गरेको प्रजिअ नेपालले बताइन ।

नेपालकाअनुसार मतदान केन्द्रहरूबाट मत पेटिका संकलन गरेर मतगणनास्थलमा ल्याउने क्रम सुरु भइरहेको छ । रातिसम्म सबै मतदान केन्द्रबाट मतपेटीका आइपुग्ने बताउँदै सोमबार बिहान (भोलि)बाट मतगणना सुरु गर्ने तयारी गरिएको नेपालले जानकारी गराइन ।

मतगणना जिल्ला समनव्य समितिको कार्यालय खलङ्गामा मतगणना हुनेछ ।

प्रतिकृया दिनुहोस्