News Portal

रास्वपा सांसद ढाकाकुमार श्रेष्ठले दुर्गा प्रसाईंसँग साढे दुई करोड मागेको अडियो बाहिरियाे

फरकपोस्ट संवाददाताचैत २६ काठमाण्डाैं
२६६ पटक
चैत २६ काठमाण्डाैं

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ढाकाकुमार श्रेष्ठ लेनदेन प्रकरणमा तानिएका छन् ।

सांसद श्रेष्ठले मन्त्री बन्ने पार्टीलाई साढे दुई करोड बुझाउनुपर्ने भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग कुराकानी गरेको अडियो सार्वजनिक भएको छ।

रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले आफूहरूले पनि अडियो सुनेको र त्यसबारे पार्टीले छिट्टै आफ्नो धारणा सार्वजनिक गर्न बताए ।

उनको अडियो कपुरबोट टिभीले आज सार्वजनिक गरेको हो। १० मिनेट ४३ सेकेन्डको अडियोमा श्रेष्ठले वर्तमान सरकारमा स्वास्थ्य तथा जनसंख्यामन्त्री आफ्नो पार्टीको भाग परेको भन्दै प्रसाईंसँग लेनदेनको बार्गेनिङ गरेका छन्। प्रसाईंले पनि दुई करोड रुपैयाँ व्यवस्थापन गरिदिने जिम्मा लिो आश्वासन दिएका छन्। प्रसाईंले स्वास्थ्य क्षेत्रमा आफरु डा.गोविन्द केसीभन्दा बढी भिडेको बताउँदै श्रेष्ठलाई अघि बढ्न हौसला दिएका छन्। प्रसाईंले मन्त्री बनेपछि आफ्नो काम गरिदिनुपर्ने सर्त राखेको अडियोमा सुनिन्छ।

प्रतिकृया दिनुहोस्