News Portal

नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियनको अध्यक्षमा जिसी

फरकपोस्ट संवाददाताअसार २७, काठमाडौं
५३७ पटक
असार २७, काठमाडौं

नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियनको अध्यक्षमा राजु बहादुर जिसी निर्वाचित भएका छन् । युनियनको छैठौं विशेष अधिवेशनले जिसीको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो ।

वरिष्ठ उपाध्यक्षमा गौरव बिष्ट, उपाध्यक्षमा बसन्त रसाली, सचिवमा विपिन सापकोटा, कोषाध्यक्षमा सनु खड्का र सदस्यहरुमा अजय ढुंगाना, संगम राई, दिपिका मास्के र विनोद महर्जन समेत सर्वसम्मत रुपमा चयन भएका छन्। कार्यसमितिको कार्यकाल २ वर्षको हुनेछ ।
युनियनका अध्यक्ष तोलाकान्त न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा बोर्डका कार्यकारी निर्देशक निरज गिरीले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गानाले व्यवस्थापन र युनियन सँगसँगै मिलेर बजारको विकासमा लाग्नु पर्ने कुरामा जोड दिए । कोरोबारबाट

प्रतिकृया दिनुहोस्