News Portal

प्यूठानमा चार लाख नगद र सुनका गहनासहित एक महिला बेपत्ता

फरकपोस्ट संवाददाताअसार २८ प्यूठान
३१७३ पटक
असार २८ प्यूठान

प्यूठानमा ४ लाख रुपैयाँ नगद र दुई तोला सुनका गहना सहित एक महिला बेपत्ता भएका छन । प्यूठान जिल्ला स्वर्गद्वारी नगरपालिका वडा नं. ७ रानिटारका २६ वर्षीया सीता अधिकारी हराएको उनको परिवारले बताएको छ ।

असार २४ गते फुपूको घर जान्छु भनी घरपरिवारको सल्लाहमा हिडेकि उनी अहिलेसम्म सम्पर्कमा नआएपछि घरपरिवार तथा आफन्त चिन्तित बनेका छन् । सीता १० वर्षको छोरा र २ वर्षकी छोरी संग परिवारमा बस्दै आएकि थिइन् । उनका श्रीमान् रोजगारीको लागि भारतमा रहेको परिवारले जनाएको छ ।

परिवारमा कुनै झै-झगडा वा मनमुटाव बेगर एक्कासी सीता बेखबर बनेपछि परिवार चिन्तामा परेको छ । आफन्त तथा सम्भावित खोजी गर्ने स्थानमा खोजी गरिसक्दा पनि केही पत्ता लाग्न नसकेपछी अधिकारीको परिवारले प्रहरिमा जाहेरी दिएको पारिवारिक स्रोतले जनाएको छ । सीतालाई देख्नु भएमा वा उनको बारेमा सुचना पाउनु भएमा जोकोहीले नजिकको प्रहरी कार्यलयमा जानकारी गराइदिन परिवारले सबैसँग अनुरोध गरेको छ ।

प्रतिकृया दिनुहोस्