
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ करिब १० वर्षको लामो समयपछि भेटवार्ता भएको छ । प्रचण्ड विप्लवको भेट प्रचण्ड निवास खुमलटारमा भएको भेटमा सहभागी विप्लव नेकपाका सचिवालय सदस्य धर्मेन्द्र बास्तोलाले जानकारी दिए ।

भेटवार्ता प्रचण्ड, विप्लव
केपी शर्मा ओली नेतृत्वको सरकारसँग गरिएको सहमति कार्यान्वयनको विषयमा छलफल केन्द्रित भएको नेता बास्तोलाले बताए । ओली सरकार संग तीन बुँदे सहमति गरेर शान्तिपूर्ण राजनीतिमा आएको विप्लव नेकपाले आफ्ना बन्दीहरूको रिहाइको माग गर्दै आइरहेको छ ।

भेटमा सहभागी नेताहरु
‘विप्लव कमरेडले प्रचण्डसँग पूर्ववत् सरकारले आफूहरूसँग गरेको तीन बुँदे सहमति कार्यान्वयन गर्छ कि गर्दैन भनेर चासो व्यक्त गर्नुभयो,’ नेता बास्तोलाले भने, ‘धेरै नेता कार्यकर्ता रिहाइ हुन बाँकी छन् । त्यसबारे पनि छलफल भयो ।’ विप्लवको जिज्ञासाको जवाफमा प्रचण्डले वर्तमान सरकारले यसअघि गरेको सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता गरेको पनि बास्तोलाले जानकारी दिए ।
यसको साथै आजको भेटमा देशमा भएको पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा पनि छलफल भएको उनले बताए । पार्टी एकताका विषयमा त्यति कुरा नभएपनि निश्चित विषय, एजेन्डामा सहकार्य गर्दै अघि बढ्ने कुरामा भने सहमति भएको नेता बास्तोलाले जानकारी दिए

विप्लव प्रचण्ड पत्नी सीता दाहाललाई स्वास्थ्य लाभको कामना गर्दै
माओवादी पार्टी शान्ति प्रक्रियामा नेतृत्वले गरेको आत्मसमर्पण, विर्सजनवादमा माओवादी पार्टी विलीन भएको निष्कर्ष निकाल्दै विप्लवले प्रचण्ड नेतृत्वको माओवादीबाट विद्रोह गरेर नयाँ पार्टी निमार्ण गरि बाकी क्रान्तिलाई पूरा गरिछाड्ने अठोटका साथ संघर्षमा होमिएका थिए । यसबीच उनले संघर्षको दाैडानमा पार्टी माथि प्रतिबन्ध लागेपछि दुई वर्ष भूमिगत राजनीतिमा समेत समय बिताएका युवा नेता विप्लवले लामो समयपछि प्रचण्डसँग भेटवार्ता गरेका हुन् ।
सम्पूर्ण माओवादीहरु एक ठाउँमा आउन नेता, कार्यकर्ता, शुभेच्छुकहरुको दबा आइरहेका बेला प्रचण्ड र पछिल्लो पुस्ताका आशलाग्दा युवा नेता विप्लव बिच भेटवार्ता हुदा सम्पुर्ण माओवादी नेता, कार्यकर्तामा खुसी छाएको छ ।