
नेपाली राजनीतिमा देखिएको पछिल्ला घटनाक्रम सगै नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ’विप्लव’ले राजनीतिक भेटघाटलाई तिव्रता दिएका छन । हिजो नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड संग भेटवार्ता गरेका विप्लवले आज नेकपा एमालेका बरिस्ठ नेता माधव कुमार नेपाल निवास पुगेर नेता नेपाल संग भेटवार्ता गरेका छन ।
पुर्व प्रधानमन्त्री माधव कुमार नेपालको निवास कोटेश्वरमा पुगेर भेट्घाट गरेका नेकपाका महासचिव विप्लवको साथमा सचिवालय सदस्य धर्मेन्द्र बास्तोला कंचन लगाएत सचिवाल टिमको सहभागीता रहेको थियो
भेटवार्तामा क्रमशः प्रचण्ड, माधव नेपा र विप्लव
भेटमा विप्लव संगै नेपाल निवास माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पनि पुगेको विप्लव सचिवालयले सार्वजनिक गरेको तस्बिरमा देख्न सकिन्छ । एक ठाउँमा क्रमशः प्रचण्ड, माधवकुमार नेपाल र विप्लव देखिएपछि नेपाली राजनीतिमा नयाँ तरंग पैदा भएको विश्लेषकहरुको प्रतिक्रिया रहेको छ । साथै नेपाली राजनितीमा चर्चामा रहेका आशलाग्दा युवा नेता विप्लवको एकपछि अर्को नेपाली राजनीतिका शिर्ष नेताहरू संगको नियमित भेटघाटले बृहत कम्युनिस्ट एकता निमार्णको पहलमा विप्लव लागेको हुनसक्ने अनुमान गरिएको छ ।विप्लव भेटवार्तामा सक्रिय : नेपाल निवासमा प्रचण्ड पनि साथमै
नेपाली राजनीतिमा देखिएको पछिल्ला घटनाक्रम सगै नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ’विप्लव’ले राजनीतिक भेटघाटलाई तिव्रता दिएका छन । हिजो नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड संग भेटवार्ता गरेका विप्लवले आज नेकपा एमालेका बरिस्ठ नेता माधव कुमार नेपाल निवास पुगेर नेता नेपाल संग भेटवार्ता गरेका छन ।
पुर्व प्रधानमन्त्री माधव कुमार नेपालको निवास कोटेश्वरमा पुगेर भेट्घाट गरेका नेकपाका महासचिव विप्लवको साथमा सचिवालय सदस्य धर्मेन्द्र बास्तोला कंचन लगाएत सचिवाल टिमको सहभागीता रहेको थियो ।
भेटमा विप्लव संगै नेपाल निवास माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पनि पुगेको विप्लव सचिवालयले सार्वजनिक गरेको तस्बिरमा देख्न सकिन्छ । एक ठाउँमा क्रमशः प्रचण्ड, माधवकुमार नेपाल र विप्लव देखिएपछि नेपाली राजनीतिमा नयाँ तरंग पैदा भएको विश्लेषकहरुको प्रतिक्रिया रहेको छ । साथै नेपाली राजनितीमा चर्चामा रहेका आशलाग्दा युवा नेता विप्लवको एकपछि अर्को नेपाली राजनीतिका शिर्ष नेताहरू संगको नियमित भेटघाटले बृहत कम्युनिस्ट एकता निमार्णको पहलमा विप्लव लागेको हुनसक्ने अनुमान गरिएको छ ।