
नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य हेमन्त प्रकाश ओली ‘सुदर्शन’लाई रिहा गर्न सर्वाेच्च अदालतले अादेश दिएकाे छ । न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र मनाेजकुमार शर्माकाे इजलासले आदेश दिएकाे हाे । नेता सुदर्शनकी जीवन साथी अम्बिका चन्द र नेता भरत बमले सर्वोच्च अदालतमा दायर गरेकोे रिटमाथि आज सुनुवाई गर्दै सर्वाेच्चले साधारण तारेखमा छाड्न आदेश दिएकाे हाे ।सर्वाेच्चकाे आदेशमा नेता सुदर्शन रिहा भएका छन् । भने नेता भरत बमकाे भने थप कागजात झिकाउन आदेश भएकाे छ । काे पनि अन्य दर्जनाैं नेता-कार्यकर्ता देशभरका कारागारमा बन्दी जीवन विताइरहेका छन् ।
सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच भएको तीन बुँदे सहमतिकाे ३ महिनावित्दा पनि कार्यान्वयन भएकाे छैन। कार्यान्वनमा नभएपछि सुदर्शनको रिहाईको लागि गत शुक्रबार सर्वोच्चमा रिट दायर गरिएको थियो ।सहमतिअनुसार सरकारले नेकपाका नेतामाथि लगाइएका मुद्धा फिर्ता लिने, सरकार गैरजिम्मेवार बनेको छ । नेकपाका नेतामाथि लगाइएका मुद्धा फिर्ता र रिहा गर्ने सहमति गरेपनि सरकारले अहिलेसम्म कुनै प्रक्रिया अगाडि बढाएको छैन ।आफैले गरेको सहमति कार्यान्वयन गर्न गैरजिम्मेवार बनेपछि नेकपाका नेता कार्यकर्ता जेलमै छन् । सरकार सहमतिबाट पछि हटेपछि बन्दीका आफन्तहरुले कानुनी प्रक्रिया अघि बढाएका थिए ।
ललितपुरस्थित एनसेलको टावरमा ब.म बि स्फोट आरोपमा सफाई पाएका सुदर्शनलाई हातहतियार सम्बन्धी र रणविरलाई बम विस्फाेटकाे मुद्धा लगाइएको थियाे।मुटुका गम्भीर विरामी दुवै नेता सुदर्शनकाे गंगालालमा र रणविरकाे सुन्धारास्थित कारागार अस्पतालमा उपचार भईरहेकाे छ ।