News Portal

मैलुङ खोलाको आईपीओ आज बाँडफाँड हुदै

फरकपोस्ट संवाददातासाउन २६ काठमाडौं
६२६ पटक
साउन २६ काठमाडौं

मैलुङ खोला जलविद्युत कम्पनीले सर्वसाधारणमा बिक्रीमा ल्याएको आईपीओ आज बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले सोमबार प्रिअलटमेन्ट सकेर कम्पनीको शेयर मंगलबार विहान ९ बजे बाँडफाँड गर्न लागेको हो ।
क्यापिटलका अनुसार कम्पनीको आईपीओमा २१ लाख १८ हजार ९२५ जना आवेदकबाट २ करोड ८५ लाख ४१ हजार ८४० कित्ता शेयर खरिदको लागि आवेदन परेको छ ।
गोलाप्रथबाट न्युनतम १० कित्ताको दरले शेयर वितरण गर्दा ६६ हजार ८७४ जनाले मात्रै शेयर पाउनेछन् ।
त्यस अनुसार २० लाख ५२ हजार जना भन्दा बढी आवेदकको हात खाली हुने पक्का छ ।

कम्पनीले बिहीबारदेखि प्रतिशेयर १०० अंकित मूल्यमा ७ लाख ३६ हजार २८६ कित्ता शेयर निष्काशनमा ल्याएको थियो। त्यसमध्ये २ प्रतिशत अर्थात १४ हजार ७२६ कित्ता शेयर कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ३६ हजार ८१४ कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । त्यसपछि बाँकी रहने ६ लाख ६८ हजार ७४६ कित्ताका लागि सर्वसाधारणलाई बाँडफाँड गर्ने छ ।

प्रतिकृया दिनुहोस्