News Portal

२० युनिटसम्म विद्युत् खपत गर्ने विपन्न वर्गका ग्राहकलाई निःशुल्क विद्युत् उपलब्ध हुन्छ उर्जामन्त्री : पम्फा भुसाल

फरकपोस्ट संवाददातासाउन २७ काठमाडौं
६५८ पटक
साउन २७ काठमाडौं

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले २० युनिटसम्म विद्युत् खपत गर्ने विपन्न वर्गका ग्राहकलाई निःशुल्क विद्युत् उपलब्ध हुने बताएकी छिन साथै दुई वर्षभित्र पूर्ण विद्युतीकरण गरिने पनि उनले जानकारी दिइन ।

मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उनले विपन्न वर्गलाई निःशुल्क विद्युत् उपलब्ध गराउने सम्बन्धमा नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिले निर्णय गरिसकेको छिट्टै कार्यान्वयनमा ल्याइने जानकारी दिइन्।

उनले सामाजिक उत्तरदायित्वअन्तर्गत गरिबीको रेखामुनि रहेका जनतालाई निशुल्कः विद्युत् उपलब्ध गराउन लागिएको जानकारी दिइन्। 

नेपाल विद्युत् प्राधिकरण र सामुदायिक ऊर्जा उत्पादनका गरी २६ लाखभन्दा बढी ग्राहकले यस्तो सुविधा पाउनेछन्। ऊर्जामन्त्री भुसालले भनिन् “विद्युत् खपत बढाउन, आयातित ग्यासलाई विस्थापन गर्दै आफ्नै देशमा उत्पादन हुने विद्युतको उपभोग बढाउन अभिप्रेरित गर्नका लागि विद्युत् महसुल समायोजन गर्ने निर्णय भएको छ।” 
 
सरकारले ‘विदेशी ग्यास छोडौँ, स्वदेशी बिजुली जोडौँ’ भन्ने नाराका साथ विद्युतीय चुल्होको प्रयोग बढाउँदै लाने नीति अघि सारेको छ। संयुक्त सरकारले ल्याएको न्यूनतम साझा कार्यक्रम, पूर्वमन्त्री, सचिव र महाशाखाअन्तर्गतका निकाय तथा विज्ञबाट प्राप्त सुझावका आधारमा जनतालाई छिटोछरितो सेवा प्रवाह गर्ने, विद्युत् र सिँचाइलाई उत्पादनका पूर्वाधारकारूपमा लिइ देशलाई समृद्ध तुल्याउने सन्दर्भमा विभिन्न निर्णय भएको सो अवसरमा जानकारी दिइयो। 

प्रतिकृया दिनुहोस्