फरकपोस्ट संवाददाताफागुन १४ काठमाण्डाैं

प्यूठानमा भारतबाट फर्किदै गरेका एक व्यक्ति सम्पर्कविहीन भएका छन । स्वर्गद्वारी नगरपालिका– १ काेचिवाङका दिलबहादुर सुनार चार दिनदेखि सम्पर्कविहीन भएकाे उनकाे परिवारले जानकारी दिएका छन । भारतकाे लाजपतनगरबाट नेपाल फर्किदै गर्दा उनी सम्पर्कविहीन भएका हुन ।
गत मंगलबार लाजपतनगरबाट घर हिँडेका सुनार सम्पर्कमा नआएपछि उनकाे परिवारले खाेजी कार्यकाे लागि अनुराेध गरेकाे छ । उनका छाेरा सुरज संगम सुनारले बुबाकाे खाेजी गरी भेटिएमा प्रहरी वा आफूलाई सम्पर्क गरिदिन आग्रह गरेका छन्। बुबालाई कतै देखेमा सम्पर्क नम्बर ९८५७८६०६६० मा फाेन गर्न उनकाे आग्रह छ।