News Portal

दाङमा साहुद्वारा थुनिएका परिवारको विप्लवका युवाले गरे उद्दार

फरकपोस्ट संवाददाताचैत २१ काठमाडौं
८१६ पटक
चैत २१ काठमाडौं

दाङमा ऋण नतिरेर थुनिएका एक परिवारको उद्दार गरिएको छ । तुलसीपुर उपमहानगरपालिका स्थित राष्ट्रिय बाणिज्य बैंक रहेको घरको तल्लो तलामा सञ्चालित न्यु नेपाल सुनचाँदी पसलका संचालक ललित गुप्ताद्वारा थुनेर राखिएको उनकै पसलका कामदार सन्तुको परिवारलाइ उद्दार गरिएको छ ।

विहान ८ बजेदेखी सुनचाँदी पसल संचालक गुप्ताले आफ्नै निजि निवास तुलसीपुर बिएसएस पार्टी प्यालेस नजिकै रहेको घरको अन्डरग्राउन्डमा थुनेर राखेको सन्तुको परिवारलाई युवा संगठन नेपाल दाङको सहकार्य र इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको नेपाल प्रहरीको टोलिले उद्दार गरेको हो ।

न्यु नेपाल सुनचाँदी पसलका संचालक गुप्ताले कामदार सन्तुले आफुसंग ऋण बापत ३५ हजार रुपैया नतिरेपछी आज बिहान ८ बजेदेखि आफ्नै कामदार सन्तु सहित उनकी २ वर्षकि छोरी र श्रीमतीलाई आफ्नै निजि निवासमा थुनेको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी श्यामु अर्यालले बताए। विहान ८ बजेदेखी थुनिएको सन्तुको परिवारलाइ करिव साढे १० घण्टापछि साझ ६:४५ बजेतिर उद्दार गरिएको थियो।

थुनिएको खबर प्रहरी भन्दा अघि विप्लवका युवाहरुलाई

यस्तै सन्तु परिवार आफ्नै मालिकद्वारा करिव साढे १० घण्टासम्म अन्डरग्राउन्ड कोठामा थुनिदा समेत प्रहरी बेखबर रह्यो। विहान ८ बजेदेखी थुनिएको सन्तु परिवार साझ ६:३० बजेसम्म थुनिदा समेत इलाका प्रहरी कार्यालय तुलसीपुरले अत्तोपत्तो समेत पाउन सकेन तर त्यहीँ अपराधको सुचना ढिलै भएपनि विप्लव निकट युवा संगठन नेपाल दाङका नेता-कार्यकर्ताहरुलाइ प्राप्त भएको थियो ।

कोठामा थुनिएका सन्तु परिवारले बाहिर रहेका आफ्ना आफन्त वा साथिभाइलाई फोन गरेको पक्कै हुनुपर्छ किनकि साढे ५ बजेतिर सन्तु सहित उनको परिवार साहु गुप्ताद्वारा थुनिएको खबर युवा संगठन नेपाल दाङका सचिव शुदर्शनले पाएको बताउछन। नेता शुदर्शनले सुनचाँदी पसलमा कार्यरत कामदार विहानदेखि बन्द कोठामा थुनिएको खबर फोन मार्फत प्राप्त गरेपछि उनले पार्टी पद्धति र प्रक्रिया अनुरुप पार्टीका तुलसीपुर उपमहानगरपालिका इन्चार्ज बिकासलाइ सम्पर्क गरे र अन्य आफ्ना नेता-कार्यकर्तालाई समेत घटना बारे जानकारी गराउदै उद्दारमा जुट्नुपर्ने अवस्थाको वारेमा समेत अपिल गरे ।

त्यसको केही समयपछी नेकपा तुलसीपुर उपमहानगरका इन्चार्ज बिकासले इलाका प्रहरी कार्यालय तुलसीपुरलाई घटनाको बारेमा जानकारी गराए । लगत्तै इलाका प्रहरी कार्यालयबाट खटिएको नेपाल प्रहरीको टोलि र नेकपा निकट युवा संगठन नेपालको सहकार्यमा सन्तुको परिवारलाइ उद्दार गरिएको थियो ।

सन्तु परिवारको उद्दारमा महत्वपूर्ण भुमिका खेलेको भन्दै विप्लवका युवाहरुलाइ स्थानीयले धन्यवाद समेत ज्ञापन गरेका छन । न्युज राप्ती

प्रतिकृया दिनुहोस्