News Portal

गिटारिस्ट सञ्जिव बराइली र मेलिना राईले सार्वजनिक गरे ‘इन्गेजमेन्ट’को तस्वीर छिट्टै बिहे गर्दै

फरकपोस्ट संवाददाताबैशाख २ काठमाडौं
१९४४ पटक
बैशाख २ काठमाडौं

चर्चित गायिका मेलिना राईले इन्गेजमेन्ट गरेको तस्वीर सार्वजनिक गरेका छन । चर्चित एरेञ्जर तथा गिटारिस्ट सञ्जीव बराइलीसँग इन्गेजमेन्ट गरेको तस्वीर दुबै जनाले एकसाथ सार्वजनिक गरेका छन ।

मेलिना र सञ्जीवले दुई वर्षअघि नै इन्गेजमेन्ट गरिसकेको भएपनि इन्गेजमेन्टका तस्वीर भने शुक्रबार मात्रै सामाजिक सञ्जालमा सेयर गरेका छन ।

आफूहरु चाँडै विवाह गर्ने तयारीमा रहेको र इन्गेजमेन्ट भने दुई वर्षअघि नै गरेको मेलिनाले जानकारी दिइन् । ‘दुई वर्षअघि नै इन्गेजमेन्ट भएको हो, अहिले सार्वजनिक मात्रै गरेको हुाैं,’ मेलिनाले भनिन्, ‘यसै वर्षभित्र विवाह पनि गर्ने मेलिनाले जानकारी दिएका छन । सञ्जीव बराइली नेपालकै चर्चित गिटारिस्ट तथा एरेन्जर हुन् ।

प्रतिकृया दिनुहोस्