फरकपोस्ट संवाददाताअसार १ काठमाण्डाैं

स्वर्गद्वारी दर्शनका लागि आएकाे भारतीय २ वटा गाडी दुर्घटना हुदाँ एक जनाकाे घटनास्थलमै मृत्यु भएकाे छ । दुईवटा बलेरो गाडी करिब ४५ मिनेटको फरकमा स्वर्गद्वारी नगरपालिका प्यूठानमा दुर्घटना भएकाे हाे । दुर्घटनामा परि २ गाडीमा सवार १७ जना घाइते भएका छन । घाइतेहरुकाे अहिले लुम्विनी सिटी अस्पतालमा उपचार भइरहेकाे स्वर्गद्वारी नगरपालिका वडा नं २ का वडा सदस्य विष्णु खनालले जानकारी दिएका छन । गाडी भारतकाे सराबस्ती जिल्लाबाट तिर्थयात्री लिएर स्वर्गद्वारी दर्शन गरेर फर्किदै गर्दा दुर्घटनामा परेकाे प्रहरीले जानकारी दिएकाे छ । दुईवटा गाडीमा १८ जना सवार रहेका थिए । थप विवरण आउन बाँकी