News Portal

स्वर्गद्वारी दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या ३ पुग्यो

झईन्द्र भण्डारी साउन १५ काठमाडौं
५६३ पटक
साउन १५ काठमाडौं

स्वर्गद्वारी दर्शनका लागि तिर्थयात्री बोकेको लु ३ च ३५३ नम्बरको बलेरो जिप स्वर्गद्वारी नगरपालिका वडा नम्बर ४ भ्यागुतेमा हिजो दुर्घटना भएको थियो  ।  दुर्घटनामा परि अहिलेसम्म ३ जनाकाे मृत्यु भइसकेको छ । मृत्यु हुनेमा रुपन्देही जिल्ला मायादेवी गाउँपालिका ३ कि ३२ वर्षीय गुडिया ठाकुरको घटना स्थलमा नै मृत्युु भएको थियो । त्यस्तै ५४ वर्षीय कान्ति कर्णको अस्पताल लैजादै गर्दा बाटोमा नै मृत्युु भएको हो भने ७० वर्षी पटवारी कुहारको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो ।

घाइते हुनेहरूमा रुपन्देही जिल्ला मायादेवी गाउँमापालिका वडा नं. ७ का ४२ वर्षीय विनोद कुहार, रुपन्देही जिल्ला सिद्धार्थ नगरपालिका वडा नं. ४ का अन्दाजी ४० वर्षीय उर्मिला कुहार, रुपन्देही जिल्ला मायादेवी गाउँपालिका वडा नं. ३ का ४० वर्षीय आशा थारु, रुपन्देही जिल्ला सिद्धार्थ नगरपालिका वडा नं. ६ का ७० वर्षीय धुव्रा नारायण काबी, रुपन्देही जिल्ला मायादेवी गाउँपालिका वडा नं. ३ का ६१ वर्षीय प्रल्हाद थारु, रुपन्देही जिल्ला मायादेवी गाउँपालिका वडा नं.३ का ५५ वर्षीय किसदी थारु, रुपन्देही जिल्ला मायादेवी गाउँपालिका वडा नं. ३ का ६३ वर्षीय रुदल चाैधरी, रुपन्देही जिल्ला सिद्धार्थ नगरपालिका वडा नं. ६ का ६० वर्षीय पुष्पा मालि, मायादेवी गाउँपालिका वडा नं. ३ का ५० वर्षीय मागरी थारु, रुपन्देही जिल्ला सिद्धार्थ नगरपालिका वडा नं. ६ का ५२ वर्षीय सरोज माली, रुपन्देही जिल्ला मायादेवी गाउँपालिका वडा नं. ७ का अन्दाजी ७३ वर्षीय कल्वारी कुहार जो गम्भीर घाइते रहेका छन उनको टाउकोमा गहिरो चोट लागेको बताइएको छ । यसैबीच रुपन्देही जिल्ला मायादेवी गाउँपालिका वडा नं ७ का ७५ वर्षीय प्राग कुहार, रुपन्देही जिल्ला मायादेवी गाउँपालिका वडा नं ७ का ६ वर्षीय बालिका संगीता कुहार, रुपन्देही जिल्ला सिद्धार्थ नगरपालिका वडा नं. ४ का १५ वर्षीय चन्दन कुहार र रुपन्देही जिल्ला सिद्धार्थ नगरपालिका वडा नं. ६ का ६० वर्षीय उर्मिला बर्मा रहेका छन । घाइतेहरुको अहिले बुटवल र भैरहवामा उपचार भइरहेको छ ।

प्रतिकृया दिनुहोस्