
फरक संसार मिडिया प्रालिद्वारा संचालित अनलाइन सञ्चारमाध्यम फरकपाेष्ट डटकममा कार्यरत पत्रकार गन बहादुर वि क पेतोल ले आफ्नो जन्मदिनको अवसरमा विपन्न परिवारलाई खाद्यान्न सहितका सामाग्री सहयाेग गरेका छन ।
प्यूठान जिल्ला ऐरावती गाउँपालिका बरौलाका बृद्धअवस्थामा रहेका रविन्द्र रावत र पदम बहादुर सार्कीलाई उनले सहयोग प्रदान गरेका हुन् । गनबहादुरले उनिहरुलाई १ बोरा चामल, नुन, तेल, जिरा, बेसार, साबुन लगायतका सामाग्री सहयाेग गरेका हुन् ।
जन्मदिनमा महंगाे केक काट्नु भन्दा केकमा खर्च हुने पैसाले एउटा गरिवकाे पेट भर्दा पुण्य हुने भएकाले आफूले जन्मदिनकाे खर्च विपन्न परिवारलाई सहयाेग गरेकाे उनले बताए । रविन्द्र रावत विगत २५ बर्ष देखि प्यूठान बिजुवार का विभिन्न ठाउहरुमा बस्दै आएका छन उनको १ छोरी र ३ छोरा हरु छन । १ छोरी र १ छोरा उनिसङ्गै छन भने दुइभाइ छोरा नेपालगन्ज मा बस्दै आएको रावत ले बताउँछन् ।
यता पदम सार्की पनि विगत १० वर्ष देखि बिजुवार कार्कीडाँडा लगायत का विभिन्न ठाउहरुमा काम गर्दै र बस्दै आइरहेका छन । जन्डिसले राेगले पीडित पदम उपचार खर्च नहुँदा राेग पालेर कष्टकर जीवन बाँचिरहेका छन ।