फरकपोस्ट संवाददातामाघ १० बाजुरा

आज दिउँसो २ बजेर ४३ मिनेटमा बाजुराको हिमाली गाउँपालिकाको बिच्छ्याँमा केन्द्र विन्दु बनाएर ५.९ म्याग्निच्युडको भूकम्प गएको छ ।
जसको कारण एक जनाको मृत्यु भएको छ । गौमुल गाउँपालिका-२ की जमुना रोकाया मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले बताएको छ। घाँस काटिरहेको बेला भूकम्पका कारण माथिबाट खसेको ढुंगा लागेर उनको मृत्यु भएको प्रहरीको भनाइ छ ।
बाजुराकै हिमाली गाउँपालिकाको बिच्छ्याँ केन्द्रबिन्दु बनाएर गएको ५.९ रेक्टरको भूकम्पले जिल्लाभर थुप्रै घरहरुमा आंशिक र पूर्ण क्षति भएको खबर आएको र विवरण संकलन गरिरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।