फरकपोस्ट संवाददातामाघ १० काठमाडौँ

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले देशका संयन्त्रहरु ट्रयाक भन्दा बाहिर रहेकाले नतिजाममूखी काम गर्न अप्ठ्यारो भइरहेको बताउनु भएको छ । ठूला दलहरुले देशको संयन्त्र अस्तव्यस्त बनाएको उहाँको आरोप छ।
मंगलवार प्रतिनिधिसभा बैठकमा बोल्दै ती संयन्त्रहरुको सुधारको काममा केन्द्रित हुँदा फरार सांसद लक्ष्मी महतो, आन्दोलनरत अधिकारीकर्मीहरु र क्रसर उद्योगको विषयमा निर्णय लिन ढिलाइ भएको उल्लेख गर्दै अब केही दिन भित्रै नतिजा आउने गरी काम हुने बताउनु भयो ।
गृहमन्त्रालय आफ्नो काम र कर्तव्यमा संमवेदनशील हुने बताउनु भयो। आफूले लिएको जिम्मेवारी पूरा हुने कुरामा ढुक्क हुन पनि सांसदहरुलाई आग्रह गर्दै संसदमा एकले अर्कालाई होच्याउने जस्ता गतिविधि आफू र आफ्नो दलले नगर्ने र अन्य दलहरुबाट पनि नहोस् भन्ने आफूले अपेक्षा गरेको पनि उहाँले बताउनु भयो ।