फरकपोस्ट संवाददातामाघ ११ काठमाडौँ,

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता सम्बन्धी मुद्दामा अन्तिम सुनुवाइ सर्वोच्च अदालतमा
सुरु भएको छ ।
कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश ईश्वरप्रसाद खतिवडा, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र डा. आनन्दमोहन भट्टराईको इजलासमा सुनुवाइ सुरु भएको हो ।
यस अघि गत पुस २२ गते अदालतले आजका लागि पेसी नगर्ने मुद्दाका रूपमा राख्न भनेको थियो । उक्त मुद्दामा प्रमाणका आधारमा पक्ष, विपक्ष र सरकारी वकिलको बहस पछि आज फैसला हुने जनाइएको छ।