News Portal

सन्नी लियोनीले काठमाडौँमा भनिन् – आइ लभ नेपाल

सौगात सिंह माघ १५ काठमाडौँ
१४२ पटक
माघ १५ काठमाडौँ

बलिउड अभिनेत्री सन्नी लियोनी यति बेला नेपालमा छिन् । शनिबार बिहान काठमाडौं आइपुगेकी उनी बेलुका एक कार्यक्रममा सहभागी हुँदा सन्नीले ‘आई लभ नेपाल ’ भन्दै नेपाली प्रशंसकलाई सम्बोधन गरिन् ।

नेपाली फेसन डिजाइनर सरिन बुढाथोकी लगायतले डिजाइन गरेको पहिरन लगाएर उनले आइतबार बिहान भिडियो पोस्ट गरेकि हुन् । कारमा अर्का एक व्यक्तिसँग चढेको इमोजी भिडियो पोस्ट गर्दै उनले नेपाली फ्यानलाई अभिवादन गरेकी हुन् । यो उनको तेस्रो नेपाल भ्रमण हो । यसअघि दुई पटक ब्राण्ड प्रमोसनका लागि उनी आएकी थिइन् ।

सन्नीले शनिबार सहभागिता जनाएको कार्यक्रमबाट प्राप्त भिडियोमा उनले आफूलाई नेपाल सुन्दर देश लाग्ने र खुबै मन पर्ने समेत बताएकी छन् । सन्नीले नेपाली फिल्म ‘ पासवर्ड ’ को एक आइटम गीतमा समेत अभिनय गरेकी थिइन् ।

नेपाली फेसन डिजाइनर सरिन बुढाथोकीको डिजाइनमा यसअघि पनि सन्नी र उनका पति डेनियल वेभर समेत सजिए छन् ।

प्रतिकृया दिनुहोस्