News Portal

वीर सहिद अमर रहुन्

सहिद प्रति सम्झना, सम्मान र श्रद्धाञ्जली

सौगात सिंह माघ १६ काठमाडौँ
४०३ पटक
माघ १६ काठमाडौँ

हुँदैन बिहान मिर्मिरमा तारा झरेर नगए !
बन्दैन मुलुक दुई-चार सपूत मरेर नगए !!

” सहिद ” व्यक्तिगत स्वार्थ विना काम गर्ने र देश र जनताको भलाइका लागि आफ्नो ज्यानको समेत बलिदान दिने व्यक्ति बुझिन्छन् । जुनजुन देशमा सामाजिक , आर्थिक र राजनीतिक क्रान्ति भएका छन् । त्यहाँ स्वतन्त्रता, प्रजातन्त्र र मुक्तिका लागि बिना स्वार्थ देशका लागि मानिसले आफ्नो बलिदान दिएका छन् ।

नेपालमा सहादतको इतिहास हेर्ने हो भने प्रमाणिक रूपमा लखन थापालाई पहिलो सहिद मानिन्छ। पल्टनका लाहुरे लखन थापालाई जंगबहादुरको विरुद्धमा प्रचारवाजी गरेको आरोपमा वि.सं. १९३३ सालमा गोरखाको मनकामना मन्दिर अगाडि रूखमा झुन्डाएर मारिएको थियो।

१९९७ साल माघ १० गते राति १२ बजे काठमाडौंको पचलीमा एउटा बकाइनोको रुखमा शहीद शुक्रराज शास्त्रीलाई झुण्ड्याएर मारिएको थियो, शहीदको रूपमा शहीद धर्मभक्त माथेमाको हत्या गरियो, त्यस्तै १९९७ साल माघ १४ गते शहीद दशरथ चन्दलाई काठमाडौंको शोभाभगवतीमा नर शमशेर राणाले गोली हानी हत्या गरे,१९९७ साल माघ १४ गतेकै राति १० बजे शोभाभगवतीमै लगेर नर शमशेर राणाले शहीद गङ्गालाल श्रेष्ठलाई एउटा खम्बामा बाधेर निर्मम तरिकाले गोली हानी हत्या गरेका थिए।

वि.स. २००७ देखि २०६२-०६३ सम्मका नेपालको प्रजातान्त्रिक र गणतान्त्रिक आन्दोलनलाई हेर्दा हाम्रा थुप्रै ज्ञातअज्ञात शहीदहरूले सहादत प्राप्त गरे।

प्रमुख राजनैतिक दलहरुले देश र जनताको सर्वोत्तम हितमा काम गर्न अनि सहिदले देखाएको बाटोमा लाग्न सहिद दिवसले सबैमा प्रेरणा दियोस् भन्ने कामना । देश र जनताका लागि आफ्नो प्राणको आहुती दिएका तमाम महान वीर सहिदहरु प्रति भावपूर्ण श्रद्धाञ्जली ।।।

प्रतिकृया दिनुहोस्