
नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालय शमशेर जबराको निधन भएको छ ।
काठमाडौंको थापाथली स्थित नर्भिक अस्पतालमा उपचाररत थापाको ९५ वर्षको उमेरमा आज बिहान निधन भएको छ। अस्पताल स्रोतका अनुसार उनको निधन आज बिहान करिब साढे ६ बजेतिर भएको हो।
उनी २०१३ साल वैशाख १० गते नेपालको पहिलो गभर्नर नियुक्त भएका थिए । उनको पालामा निर्धारण गरिएको भारतीय रुपैयाँ (भारु) को विनिमय दर १०० को १६० रुपैयाँ अहिले पनि कायम छ ।
जागिरबाट अवकाश भए पछि उनले गोर्खा ब्रुअरी कम्पनी खोलेर टुबोर्ग र काल्सवर्ग वियर नेपाल स्थापना गरेका थिए । पछि उक्त कम्पनी बेचेर उनले हिमालयन बैंक र हिमालयन डिस्टिलरी स्थापना गरेका थिए ।
राणालाई राजा महेन्द्रले नै नियुक्त गरेका थिए । तर पछि महेन्द्रले जननिर्वाचित सरकारलाई अपदस्त गर्ने बेलामा उनी समेत राष्ट्र बैंकबाट निकालिएका थिए । त्यस्तै पछि उनले आफ्नै नामबाट हिमालयन बैंक लिमिटेडको स्थापना गरेका थिए । जबराले संयुक्त राष्ट्रसंघ विकास कार्यक्रम अन्तर्गत रहेर सन् १९६२ देखि १९८६ सम्म विभिन्न देशहरूमा प्रतिनिधिको रुपमा काम गर्दै आएका थिए ।