News Portal

आन्दोलनरत यातायात मजदुरले माछापोखरीको अस्थायी प्रहरी बिट जलाए

फरकपोस्ट संवाददाताफाल्गुन १ काठमाडौँ
२१५ पटक
फाल्गुन १ काठमाडौँ

माछापोखरीको अस्थायी प्रहरी बिटमा आन्दोलनरत यातायात मजदुरले आज आगजनी गरेका छन् ।

दिउँसो एक बजेदेखि नै यस क्षेत्रमा आन्दोलनरत मजदुरहरुले केहीबेर अघि प्रहरीका दुई वटा भ्यान जलाएका थिए । प्रहरीविरूद्ध आक्रामक रुपमा प्रस्तुत भएका आन्दोलनकारीहरुले भर्खरै अस्थायी प्रहरी बिटमा पनि आगजनी गरेका हुन् ।

आन्दोलनकारीहरुले ट्राफिक प्रहरीले सडक व्यवस्थापनमा राखेको डिभाइडर, चोकमा प्रहरी उभिने आइल्याण्ड लगायतका संरचनामा समेत आगो लगाएका छन् । यतिबेला प्रहरी घटनास्थलमा पुगेको छ । केही सेल अश्रुग्याँस प्रहरीले आन्दोलनकारी माथि चलाएको छ । जवाफमा प्रर्दशनकारीहरुले प्रहरीमाथी ढुंगामुढा गरेका छन् ।

प्रतिकृया दिनुहोस्