News Portal

बहुचर्चित गायिका टिका पुन प्राज्ञ सदस्यमा नियुक्त

फरकपोस्ट संवाददाताफागुन ५ काठमाडौं
११५७ पटक
फागुन ५ काठमाडौं

चर्चित एवम् लोकप्रिय गायिका टिका पुन प्रज्ञा सदस्यमा नियुक्त भएकी छिन् ।

बुधबार नेपाल संगीत नाट्य तथा प्रज्ञाप्रतिष्ठान सदस्यमा नियुक्त भएकी हुन् । उनले हिजै नेपाल संगीत नाट्य तथा प्रज्ञाप्रतिष्ठानकी कुलपति निशा समक्ष पद तथा गोपनियताको सपथग्रहण गरेकी छन् ।

सुर्खेत जिल्लामा जन्मिएकि गायिका टिका पुन विगत दुई दशकदेखि नेपाली गीत संगीतमा सक्रिय रुपमा क्रियाशील रहदै आइरहेकी छिन् । करिब ४ देखि ५ हजार गीतमा आफ्नो आवाज दिइसकेकी गायिका पुनले केही दिन अघि मात्र उनको एकल प्रस्तुतिमा ‘टिका पुन सांगीतिक साँझ’ उपराष्टपति नन्द बहादुर पुनले प्रमुख आतिथ्यमा भव्य रुपमा सम्पन्न गरिसकेकि छिन् ।

प्रज्ञा सदस्यमा नियुक्त भएपछि गायिका पुनले सामाजिक सञ्जाल फेस्बुकमा लामो स्टाटस लेख्दै खुसी व्यक्त गरेकी छिन् । उनले आमालाई धेरै सम्झेँको कुरा स्टाटसमा लेखेकी छिन् । त्यस्तै आफूलाई संगीतमा साथ, सहयोग,हाैसला र प्रेरणा प्रदान गर्ने अग्रज कलाकार, माया गर्ने दर्शक श्रोता र आफूलाई प्रज्ञा सदस्यका लागि सिफारिस गर्ने नेपाल सरकारलाई समेत धन्यवाद दिएकी छिन् ।

प्रतिकृया दिनुहोस्