News Portal

दोहोरी गीत प्रतिष्ठानले पायो पहिलो महिला नेतृत्व : रीता थापाको अध्यक्षतामा ७५ सदस्यीय नयाँ कार्यसमिति चयन

फरकपोस्ट संवाददाताफागुन १५ काठमाडौं
१२४३ पटक
फागुन १५ काठमाडौं

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा धादिङकी गायिका रीता थापा मगर सर्वसम्मत निर्वाचित भएकी छन् । शुक्रबार देखि धादिङ बेसीमा सुरु भइ आइतबार सम्पन्न प्रतिष्ठानको आठौँ केन्द्रीय महाधिवेशनबाट थापा सर्वसम्मत अध्यक्षमा निर्वाचित भएकी हुन् । केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको उम्मेदवारको नामावली अनुसार थापाका विरुद्ध उम्मेदवारी नै नपरेपछि उनी सर्वसम्मत निवार्चित भएकी हुन् । साथै महाधिवेशनले ३५ जनाको पदाधिकारी सहित ७५ सदस्यीय नयाँ कार्यसमिति पनि चयन गरेको छ ।

नवनिर्वाचित अध्यक्ष थापा प्रत्यक्ष दोहोरीका माध्यमबाट लोकप्रिय रहदै आएकी छिन् । लोक तथा दोहोरी क्षेत्रमा एक दशक अघि देखि सक्रिय रहदै आएकी थापा संग यसअघि प्रतिष्ठानको विभिन्न पदमा रहेर काम गरिसकेको अनुभव समेत रहेको छ । प्रतिष्ठानको वरिष्ठ उपाध्यक्षमा स्याङ्जाका पशुपति शर्मा र प्रथम उपाध्यक्षमा रामजी खाँण सर्वसम्मत भएका छन् । सांगठनिक उपाध्यक्षमा सुवास केसी, प्रशासनिक उपाध्यक्षमा दीपक खड्का र महिला उपाध्यक्षमा राधिका हमाल पनि सर्वसम्मत नै निर्वाचित भएका छन् ।

सात जनाको खुला उपाध्यक्ष पदमा भने १० जनाको उम्मेदवारी परेको थियो । त्यसमध्येबाट खुल्ला उपाध्यक्षमा कृष्ण रेउले, कुलेन्द्र विश्वकर्मा, रमेशराज भट्टराई, खुमन अधिकारी, पुर्णकला बिसी, राजु ढकाल र पुस्कल शर्मा निर्वाचित भएका छन् ।

त्यस्तै प्रतिष्ठानको महासचिवमा शिव हमाल सर्वसम्मत भएका छन् भने दुई जना उप महासचिवमा हरी डाँगी र शिरिष देबकोटा पनि सर्वसम्मत निर्वाचित भएका छन् । लुम्बीनी सचिवमा दिपक गरौजा मगर, सुदुर पश्चिम सचिवमा नबिन सिंह धामी, उपत्यका सचिवमा प्रकाश सपुत, कर्णाली सचिवमा उत्तम शर्मा, बिदेश सचिवमा रामकृष्ण बम मल्ल, प्रशासनिक सचिवमा जीवन दाहाल, सांगठनिक सचिवमा पिएन सापकोटा, महिला सचिवमा जमुना राना, सांगठनिक सह सचिवमा तारानाथ आचार्य, प्रशासनिक सह सचिवमा राजकुमार रायमाझी, बिदेश सह सचिवमा दुर्गा पंगेनी, महिला सह सचिवमा सिता राना, कोषाध्यक्षमा अमृत अधिकारी, महिला सह कोषाध्यक्षमा जुना श्रीस मगर सर्वसम्मत रुपले निर्वाचित भएका छन् । त्यस्तै सात प्रदेशमध्ये भूगोल सचिवमा पनि गण्डकी प्रदेश बाहेक सबै प्रदेशबाट आउने सचिव पदमा सर्वसम्मत भएको थियो । गण्डकी प्रदेशबाट भने तीन जनाको उम्मेद्वारी परेकोमा घनश्याम रिजाल निर्वाचित भएका छन् ।

तीन जनाको खुला सचिव पदमा पाँचको उम्मेद्वारी परेको मध्य देबी घर्ती, युवराज मगर, महेन्द्र गौतम निर्वाचित भएका छन् । दुई जनाको सहकोषाध्यक्ष (खुल्ला) पदमा तीन जनाको उम्मेद्वारी परेको मध्येमा सम्झना लामिछाने मगर र ईश्वरी प्रसाद भुसाल निर्वाचित भएका छन् । ८ औं महाधिबेशनबाट खुल्ला केन्द्रिय सदस्यहरुमा शान्ती श्री परियार, रबिन लामिछाने, खेम सेञ्चुरी, मनमाया वाईवा, कुमार पुन मगर, रिना थापा मगर, प्रकाश भट्ट, सुजन लम्साल, पुरुषोत्तम भण्डारी (पुर्खे बा), श्रीकृष्ण बम मल्ल, कुमार राना मगर, बाल चन्द्र बराल, दिनेश काफ्ले, कुशल बेलबासे, रेशम निर्दाेष निर्वाचित हुन सफल भएका छन् ।

त्यस्तै ७ जनाको महिला सदस्य पदमा ९ जनाको उम्मेद्वारी परेको मध्य सम्झना भण्डारी, कला लम्साल, उषा सुबेदी, करिश्मा ढकाल, स्मृती तिमिल्सिना (गुरु आमा), जालुमाया गुरुङ, सुशिला गौतम निर्वाचित हुन सफल भएका छन् ।

प्रदेश नं १ सदस्यमा रमेश आचार्य, गण्डकी प्रदेश सदस्यमा सुरेन्द्र गुरुङ, लुम्बीनी प्रदेश सदस्यमा प्रेम शर्मा निर्वाचित भएका छन् भने भुगोल सदस्यहरुमा मधेश सदस्यमा कृष्ण प्रसाद गौतम, बागमती सदस्यमा भरत बाराकोटी, कर्णाली सदस्य राज कुमार खत्री, सुदुर पश्चिम सदस्यमा पदम बहादुर धामी, उपत्यका समन्वय सदस्यमा तिलक परियार निर्बिरोध रुपमा निर्वाचित भएका हुन् । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आठौं केन्द्रिय महाधिबेशनबाट निर्वाचित सम्पुर्ण कार्यसमितीलाई हाम्रो तर्फबाट हार्दिक बधाई एबं सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं

प्रतिकृया दिनुहोस्