News Portal

निर्वाचन आयोगले दलहरूलाई चुनाव लड्दा गठबन्धन गर्न दिनुहुँदैन : रवि लामिछाने

फरकपोस्ट संवाददाताचैत १८ काठमाडौं
२३६ पटक
चैत १८ काठमाडौं

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले निर्वाचन आयाेगलेनै दलहरुलाई चुनाव लड्दा गठबन्धन गर्न नदिनुपर्ने
बताएका छन् ।

१० वैशाखमा हुने उपचुनावका लागि उम्मेदवारी घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा लामिछाने सो कुरा बताएका हुन् ।

कुनै असाध्यै विशेष परिस्थिति जुन आम मतदाताले सुन्दा पनि हो रहेछ भन्ने परिस्थिति बाहेक हामीले मात्र होइन निर्वाचन आयोगले नै दलहरूलाई चुनाव लड्दा गठबन्धन गर्न दिनुहुँदैन उनले भने’ ।

गठबन्धन भएपछि कुनै दलको बहुमत आउन नसक्ने हुदा त्यहाँ अपेक्षित र जनहितको काम हुन नसक्ने भन्दै उनले निर्वाचनमा गठबन्धनविननै जानुपर्ने कुरामा जोड दिए ।

रविले चुनाव भनेको आफ्नो एजेन्डामा आफ्नो दलको उम्मेदवार, एजेन्डा र नीतिको बलमा हरेक दलले लड्नु पर्ने बताए । कसैसँग साँठगाँठ गरेर लड्नु हुदैन एक्लाएक्लै चुनावी प्रतिस्पर्धामा जाँदा मात्र वास्तविक जनमत देखिने उनलेे बताए ।

रविले आफ्नो पार्टीले आसन्न वैशाख १० को उप-निर्वाचनमा कुनै पनि राजनीतिक दल संग चुनावी गठबन्धन नगर्ने घोषणा नै गरिसकेको छ । यसकारण निर्वाचनमा एक्लै होमिएर राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले जितेर देखाउने ठोकुवा समेत गरे ।

प्रतिकृया दिनुहोस्