News Portal

कारोबार रकम ९२ करोडमा झर्‍यो, नेप्सेमा १७ अंकको गिरावट

फरकपोस्ट संवाददाताचैत २० काठमाडौँ
१३७ पटक
चैत २० काठमाडौँ

अर्थमन्त्रीमा कांग्रेस नेता डा. प्रकाशशरण महत नियुक्त भए पछिको लगातार दोस्रो कारोबार दिन पनि सेयर बजारमा गिरावट भएको हो । अर्थमन्त्री नहुँदा अन्योलमा रहेका सेयर लगानीकर्ता नयाँ अर्थमन्त्री आएपछि पनि आश्वस्त हुन नसक्दा लगातार दोस्रो दिन पनि सेयर बजारमा गिरावट भएको छ।

साताको दोस्रो कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्से १६.६७ अंक (०.८८ प्रतिशत) ले गिरावट हुँदा १८७१.८८ अंकमा बन्द भएको छ । व्यापार उपसूचक बढेपनि बजारलाई लिड गर्ने बैंकिङ सहित अरु सबै उपसूचकमा गिरावट हुँदा नेप्से पनि घटेको हो । व्यापार उपसूचक १.२१ प्रतिशतले वृद्धि हुँदा निर्जीवन बीमा, लघुवित्त, विकास बैंक, वित्त कम्पनी र हाइड्रोपावर उपसूचक १ प्रतिशत भन्दा माथिले गिरावट भएको छ । यस्तै बैंकिङ उपसूचक पनि ०.७५ प्रतिशतले घटेको हो ।

घट्दो बजारमा कारोबार रकम पनि घटेको छ । गत सातको अन्तिम दुई दिन १ अर्ब तल झरेको कारोबार रकम आइतबार बढेर १ अर्ब २० करोड नाघेको थियो तर, सोमबार बजारमा कारोबार रकम घटेर पुनः ९२ करोड २ लाख रुपैयाँमा झरेको छ । २७ हजार ४५४ वटा कारोबारमा २८ लाख २९ हजार ४२६ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा उक्त रकमको कारोबार भएको हो ।

जसमध्ये नबिल बैंकको सर्वाधिक ३ करोड ६३ लाखको कारोबार हुँदा एनआईसी एशिया बैंकको २ करोड ९३ लाख रुपैयाँ र ग्लोबल आईएमई बैंकको २ करोड ५४ लाख रुपैयाँको कारोबार भएको छ ।

सोमबार नेप्सेमा कुल २१६ सूचीकृत कम्पनीको सेयर कारोबार हुँदा १७३ कम्पनीको सेयरमूल्यमा गिरावट भएको हो। यस्तै ३३ कम्पनीको सेयरमूल्य वृद्धि हुँदा १० कम्पनीको सेयर मूल्य स्थिर छ । कालिञ्चोक दर्शन कम्पनीको सेयरमूल्य बढेर सकारात्मक सर्किट मूल्यमा बन्द हुँदा महुली लघुवित्तको सेयरमूल्य ३.१६ प्रतिशत र विशाल बजार कम्पनीको सेयरमूल्य २.५० प्रतिशतले बढेको छ ।

प्रतिकृया दिनुहोस्