News Portal

सवारी दुर्घटनामा परी प्यूठानमा एसइइ परीक्षार्थीको मृत्युु

फरकपोस्ट संवाददाताजीवन हमाल
१८९५ पटक
जीवन हमाल

प्यूठान जिल्ला स्वर्गद्वारी नगरपालिका वडा नम्बर ४ गोठिबाङमा मोटरसाइकलले स्कुल बसलाई ओभरटक गर्न खोज्दा ठोक्किएर मोटरसाइकलमा सवार एक एसइइ दिएर फर्कदै गरेका एक परीक्षार्थीको मृत्युु भएको छ ।

विद्यानन्द माबि जुडापाटा परीक्षा केन्द्रमा एसइइ परीक्षा दिएर विद्यार्थीलाई फर्काउदै गरेको लोक चेतना एकेडेमी भिङग्रीको लु १ क १०९४ नम्बरको स्कुलबसलाई स्वर्गद्वारी नगरपालिका वडा नम्बर ४ को कार्यालय अगाडि लु ६६ प ५३४९ नम्बरको मोटरसाइकलले  ओभरटेक गर्न खोज्दा ठोक्किएर दुर्घटना भएको हो ।

मोटरसाइकल स्कुल बसको पछाडिबाट ठोक्किर गम्भीर घाइते भएका मोटरसाइकलमा सवार प्रतीक घर्तीको अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय भिग्री प्यूठानले जानकारी दिएको छ ।

स्वर्गद्वारी नगरपालिका वडा नम्बर ७ तापाका १५ वर्षीय मृतक प्रतीक घर्ती बेल्बास माध्यामिक विद्यालय तापामा अध्ययनरत थिए । विद्यानन्द मा वि परीक्षा केन्द्रमा एसइइ परीक्षा दिएर घर फर्कदै गर्दा उनी दुर्घटनामा परेका थिए ।

दुर्घटनापछि गाडी र गाडी चालकलाई नियन्त्रणमा लिइसकेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस्