
काठमाडौं महानगरपालिकाले सिंहदरबारको फोहोर आइतबारदेखि उठाउन छोडेको हो ।
महानगरपालिकाको काममा सिंहदरबारबाट असहयोग भएको भन्दै मेयर बालेन्द्र शाह (बालेन) ले शुक्रबार फोहोर नउठाउने सामाजिक सञ्जाल मार्फत घोषणालाई आधार मानेर सिंहदरबारको फोहोर महानगरले नउठाएको हो ।
‘हाम्रो वडामा सिंहदरबार बाहेक सबै स्थानको फोहोर उठिरहेको छ,’ ११ नम्बरका वडाध्यक्ष हिरालाल तण्डुकारले भने, ‘सिंहदरबारको फोहोरबारे वडामा छलफल नभए पनि रोकिएको जानकारी चाहिँ छ ।’
फोहोर मैला व्यवस्थापन संघका महासचिव मित्रप्रसाद घिमिरेले काठमाडौंका मेयर बालेनले फोन गरेर सिंहदरबारको फोहोर नउठाउन निर्देशन दिएपछि फोहोर नउठाएको बताए । ‘हामीले सिंहदरबारको फोहोर उठाएर बञ्चरेडाँडा लैजाने गरेका थियौं, मेयर साबले फोन गरेर बञ्चरेडाँडामा नलैजानु भनेपछि हामीले रोकेका हौं ।
सिंहदरबारको फोहोर उठाउँदै आएका थियौ । फोहोर उठाउन सहरी विकास मन्त्रालयका सचिव सुरेश आचार्यले घिमिरेलाई फोन गरेर निर्देशन दिए पनि मेयर बालेनले ‘बञ्चरेडाँडामा सिंहदरबारको फोहोर जाँदैन, तपाईहरुले नउठाउनुस’ भनेपछि आइतबारदेखि फोहोर रोकिएको हो ।