News Portal

प्यूठानमा बच्चाले लाइटर खेलाउदा गोठमा आगलागी

जीवन हमाल बैशाख ४ प्यूठान
२०६७ पटक
बैशाख ४ प्यूठान

प्यूठान जिल्ला स्वर्गद्वारी नगरपालिका वडा नं.९ सिम्लेमा स्थानीय भक्ति देवी घर्ती मगरको गोठमा सोमबार आगलागी भएको छ ।

आगलागीमा परि केही पशु चौपाया घाइते भएका छन भने लत्ताकपडा, मकै, गहुँ चामल लगायतको खाद्यान्न जलेर नष्ट भएको छ ।

सोमबार बिहान करिब ९:३० मा गोठमा आगलागी भएको बताइएको छ । आगलागीबाट नयाँ घर बनाउनका निम्ति राखिएका काठ पनि जलेर नस्ट भएको छ ।

घरपरिवार खाना खाइरहेका बेला सोही घरका ४ वर्षीय बालकले लाइटर खेलाउदा आगलागी गरेको जिल्ला प्रहरी कार्यलय प्यूठानका प्रवक्ता प्रहरी निरिक्षक सुशील थापा मगरले जानकारी दिएका छन् ।

आगो करिब तीन घन्टा सम्म लागेको थियो । आगलागी भएको खबर पाएपछि स्वर्गद्वारी नगरपालिका नगर प्रमुख टेक प्रसाद भण्डारी घटना स्थलमा पुगि घटनाको विषयमा जानकारी लिएका छन् । गर्मी तथा सुख्खा माैसम सुरु भइसकेकाले यस्ता आगलागीका घटना आजभोलि धेरै घट्ने गरेको भन्दै सचेत रहन अनुरोध गरे ।

घटनास्थलमा पुगेर अनुगमन गर्दै नगरप्रमुख भण्डारीले आगलागी घट्नाका पीडित घरपरिवार लाई आवश्यक राहत नगरपालिकाले तत्काल उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् ।

प्रतिकृया दिनुहोस्