News Portal

नेवानिले मलेसियाबाट भैरहवामा नियमित उडान गर्दै, बुकिङ खुला

फरकपोस्ट संवाददाताजेठ ४ काठमाण्डाैं
२२० पटक
जेठ ४ काठमाण्डाैं

नेपाल एयरलाइन्स (नेपाल वायुसेवा निगम) ले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान गर्ने निश्चित भएको छ । (नेपाल वायुसेवा निगम) (नेवानि) ले २९ जेठ ९१२ जुन २०२३० बाट नियमित उडान गर्ने गरी तालिका सार्वजनिक गरेको हो ।

निगमले ‘काठमाडौं–क्वालालाम्पुर–भैरहवा–काठमाडौं’ रुटमा नियमित उडान गर्ने भएको हो । पहिलो चरणमा साताको एक उडान गर्ने गरी तय भएको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए । निगमले बजारको माग र निगमको बजार व्यवस्थापन अनुसार अन्य गन्तब्यमा समेत उडान अनुमति लिई उडान संख्या बढाउने बताएको छ । निगमले यस रुटमा टिकट बुकिङ खुला गरेको छ ।

निगमले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको समन्वयमा उडान थाल्ने भएको जनाएकाे छ । निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी र वाणिज्य विभागका निर्देशकले हालै गरेको मलेसिया भ्रमणका सिलसिलामा तयारीको काम गरेका थिए ।

निगमले मलेसियाको जोहोरबारुबाट क्वालालाम्पुर अन्तर्राष्ट्रिय विमानस्थलसम्म आवतजावत गर्न सटल बस चलाउने भएको छ । यसपछि निगमको जहाजबाट काठमाडौंदेखि क्वालालाम्पुर र जोहोरबारुसम्म र जोहोरबारुबाट काठमाडौं र भैरहवासम्मको टिकट लिई सेवा लिन सक्ने समेत निगमको भनाइ छ ।

प्रतिकृया दिनुहोस्