News Portal

सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुने

राष्ट्रपति रामचन्द्र पौडेलले दुवै सदनलाई सम्बोधन गर्दै नीति तथा कार्यक्रम सार्वजनिक गर्ने छन्

फरकपोस्ट संवाददाताजेठ ५ काठमाण्डाैं
२३१ पटक
जेठ ५ काठमाण्डाैं

सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरिने भएको छ । आज दिउँसो ४ बजे संघीय संसद् भवन नयाँबानेश्वरमा बस्ने संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम सार्वजनिक गर्न लागेका हुन् ।

राष्ट्रपति पौडेलले दुवै सदनलाई सम्बोधन गर्दै नीति तथा कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रम तय भएकाे छ ।

संघीय संसद्को कुनै सदनको बैठक वा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न र त्यसका लागि सदस्यको उपस्थिति आह्वान गर्नसक्ने संवैधानिक व्यवस्था छ। राष्ट्रपतिमा चयन भएपछि संघीय संसदमा उनको यो पहिलो सम्बोधन हुने भएकाे छ ।

संघीय संसद्मा सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत हुने तथा त्यसमाथि छलफल गरी पारित गर्ने संघीय संसद्को मुख्य कार्य जिम्मेवारीभित्र पर्छ। उक्त बैठक अवलोकनका लागि राजनीतिक दलका नेता, संवैधानिक निकायका प्रमुख एवं प्रतिनिधि, सरकारका उच्च पदस्थ अधिकृत, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा समाजका विभिन्न क्षेत्रका विशिष्ट व्यक्ति सहभागी हुने छन् ।

उक्त बैठकपछि आजै प्रतिनिधिसभा र राष्ट्रियसभाका बेग्लाबेग्लै बैठक बस्ने छन् ।

प्रतिकृया दिनुहोस्