News Portal

स्वर्गद्वारीमा दर्शनार्थीलाई धर्मशालाको अभाव

फरकपोस्ट संवाददाताअसार १३ काठमाडौं
३६८ पटक
असार १३ काठमाडौं

प्रसिद्ध धार्मिक स्थल प्युठानको स्वर्गद्वारी महाप्रभुको दर्शन गर्न भक्तजनहरुको भीड बढ्दै गएको छ । नेपाल र भारतका विभिन्न स्थानबाट आउने तीर्थालुहरुमा मन्दिरप्रतिको आस्था र विश्वास बढेपछि दैनिक हजाराैं भक्तजन मन्दिरमा दर्शन गर्न आउने गरेका छन् ।

भारतको छपरा जिल्लाबाट आएका हट्ठीलाल यादवले स्वर्गद्वारी महाप्रभुको दर्शनपछि छोरा जन्मिएपछि पुनः दर्शन गर्न आएको बताए । यादवजस्तै थुप्रै भक्तजन अहिले स्वर्गद्वारीमा आउनेहरुको भीड लागेको छ । दर्शनार्थी धेरै भएपछि उनीहरुलाई बास बस्न समस्या हुन थालेको छ ।

पहिले यात्रुहरु खुला चउरमा सुत्थे तर घोराहीका ध्रुव श्रेष्ठका परिवारलगायतले केही धर्मशालाहरु निर्माण गरिदिएपछि धेरै सहज भएको तर भक्तजन धेरै हुँदा अझै समस्या हुने गरेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । मन्दिरका ब्यवस्थापक वासुदेव भट्टराई भन्नुहुन्छ– ‘कहिलेकँहीं रातिमा एक दुई बस दर्शनार्थी आउँछन् त्यस बेला उनीहरुलाई ब्यवस्था मिलाउन गाह्रो हुने गरेको छ ।

प्रभु महाराजद्वारा १९५२ सालमा शुरु गरेको यज्ञशाला निरन्तर सञ्चालन भइरहेको छ । यज्ञशाला सञ्चालनका लागि चाहिने धर्मशाला, पाठशाला गौशाला र पाकशाला भक्तजनहरुबाटै आवश्यकता पूर्ति हुँदै आएको मन्दिर समितिले जनाएको छ ।

आश्रमको प्रांगणमा २०५२ सालदेखि शुरु गरिएको बाल तपस्वी बेद बिद्यालय गुरुकुलममा संस्कृत, अंग्रेजी र गणित विषयको पढाइ हुने गर्छ । जसबाट मन्दिरलाई चाहिने पुजारी , बेद वाचक, पुरोहितको आवश्यकता पूर्ति तथा विद्यार्थीको नैतिक जीवनका साथै त्यहाँ पढेका विद्यार्थी इन्जिनियर तथा विदेशमा गएर राम्रो काम पाउन सक्ने क्षमतावान बन्न सक्ने कुरा गुरुकुलका प्रमुख पुरुषोत्तम घिमिरेले बताउनुभयो । नयाँयुगवोध

प्रतिकृया दिनुहोस्