News Portal

प्यूठानमा वडाध्यक्षको नेतृत्वमा जनश्रमदानमार्फत बाटो मर्मत

फरकपोस्ट संवाददातासाउन २० प्यूठान
२०५१ पटक
साउन २० प्यूठान

प्यूठानको मल्लरानी गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष नोमराज पाैडेलको नेतृत्व र सयौं स्थानीयको सहभागितामा जनश्रमदान मार्फत बाटो मर्मत गरिएको छ ।

पछिल्लो समय जिल्लामा सरकारी कामकाजमा जनश्रमदानलाई अनिवार्य गरिएता पनि स्थानीयको सक्रियता कमि भएको भन्दै जनताको सहभागितामा जनश्रमदान गरिएको हो ।

मल्लरानी गाउँपालिका वडा नम्बर ३ धरमपानी देखि रस्पुरकोट गिरचौर शिरकोट हुँदै मल्लरानी गाउँपालिका वडा नम्बर ५ को सरङकोट सम्म जोड्ने मोटरबाटोको शनिवार जनश्रमदानमार्फत  मर्मत गरिएको छ ।

स्थानीय जनता संगै मल्लरानी गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष नोम राज पौडेल पनि जनता संगै जनतालाई हौसला प्रदान गर्न फिल्डमा उत्रिएका थिए । बर्षातले गर्दा मोटरबाटोका विभिन्न स्थानमा पहिरो गएको, भलको कारण खाल्डाखुल्डी परेको तथा बाटोको दायाँबायाँ रहेका बुट्यानहरु हटाउने काम स्थानीयहरुले गरेका हुन् ।

बर्षातको समयमा आफ्नो बाटो आफै बनाउ भनेर सबै धरधुरी आएका छौं स्थानीय समाजसेवी ठमान सिंह रानाले भने–‘‘ वडाध्यक्ष नोम राज पौडेल ज्यू आउनुभयो, आफै खन्नुभयो हामीलाई हौसला प्रदान गर्नुभयो उहाँको हातमा फोरा समेत परेका छन् उहाँ संगै काम गर्दा हामीलाई धौ नै भएन।’’ स्थानीय समाजसेवी देवराज पौडेलले हरेक बर्ष यस्तै बाटो मर्मत गर्नुपर्ने बाध्यता भएकोले नालीसहितको बाटोको स्तरउन्नतीको ब्यवस्था गाउँपालिकाले गर्नुपर्ने बताए । साथै सानातिना कामहरु गाउँपालिका,वडाबाट आस नगरी यस्तै जनश्रमदानबाट गर्नुपर्ने भन्दै उनले भने–‘‘३ नम्बर वडाका वडाध्यक्ष जनता संगै आउनुभएको छ, अरु वडाध्यक्षहरुले पनि जनता संग मिलेर काम गरे राम्रो हुन्थ्यो।’’
गाउँघरमा बसेर तास खेलेर समय खेर फाल्नुभन्दा आफ्नो गाउँ, आफै बनाउ भनेर साना तिना समस्या समाधान गरेर मर्मतको लागि छुट्टिएको पैसा अरु ठाउँमा खर्च गर्न सकिने पौडेलले बताए ।

गाउँमा गाडी नआएर समस्या परेकोले ‘एक घर, एक ब्यक्ति’ आएर काम गरेका छौं, बर्षातको समयमा पनि सवारी साधन चल्न सजिलो भएको छ स्थानीय रिता ठेडीले भनिन्–‘‘ जनश्रमदान गर्दा हामी खुसी छौं, हाम्रै बाटो मर्मत भएको छ।’’ त्यस्तै स्थानीयवासी सीता आचार्यले गाउँका मान्छेहरु विरामी पर्दा गाडी बोलाएर अस्पताल जानुपर्ने भएकोले जनश्रमदानमा आफुहरु जुटेको बताइन् ।

स्थानीय संगै जनश्रमदानमा जुटेका मल्लरानी गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष नोम राज पौडेलले बर्षातको समयमा भलले गाउँका मोटरबाटाहरु बिग्रिएको भन्दै जनश्रमदान मार्फत मर्मत गर्नुपर्ने भएकोले आफूहरु लागिपरेको बताए ।

ठुला पहिरोहरु डोजर मार्फत गाउँपालिकाबाट बजेटको ब्यवस्था गरि सुचारु गर्ने काम भएको छ अब सानातिना समस्यालाई जनताले जनश्रमदान गर्दा बजेटको सदुपयोग हुन्छ वडाध्यक्ष पौडेलले भने–‘‘ सधैभरी चल्ने बाटोको रुपमा यो बाटोलाई बनाउने गरि ९ लाख बजेटको ब्यवस्था भएको छ, स्थानीयको माग अनुसार नाली बनाउने काम यो आर्थिक बर्षमा सुरु हुन्छ।’’

जनश्रमदान गर्ने परिपाटी हट्न खोजेको भन्दै वडाध्यक्ष पौडेलले अव जनताको सहभागितामा जनश्रमदानलाई ब्यापक बनाउनुपर्ने बताए । यो अभियानमा जुट्न उनले सबैलाई अपिल समेत गरेका छन् ।
यस बाटोमा स्थानीयहरुले नियमित रुपमा सार्वजनिक सवारी साधन सुचारु गर्न समेत माग गरेका छन् ।

वडाध्यक्ष पाैडेल जनताका समस्या र सेवा संग हरबखत जोडिरहन पाउँदा आफूलाई खुसी सन्तुष्टि मिल्ने बताउँछन् ।

प्रतिकृया दिनुहोस्