News Portal

नेपाल सरकार ऋणले थलियो, ऋण २२ खर्ब १८ अर्ब ५४ करोड पुग्यो

फरकपोस्ट संवाददाताभाद्र १ काठमाडौँ
५४२ पटक
भाद्र १ काठमाडौँ

नेपाल सरकारले तिर्न बाँकी कुल ऋण रकम २२ खर्ब १८ अर्ब ५४ करोड रुपैयाँ पुगेको हो । राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तीय प्रतिवेदनअनुसार असार मसान्तसम्म सरकारको आन्तरिक र वाहृय ऋण रकम २२ खर्ब १८ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ ।

सरकारको वाहृय ऋण रकम १० खर्ब ९३ अर्ब ३५ करोड र आन्तरिक ऋण ११ खर्ब २५ अर्ब १९ करोड रुपैयाँ बराबर छ । सरकारको कुल ऋण रकम एक वर्षको अवधिमा २ खर्ब ८ अर्ब बढेको देखिन्छ ।

२०७९ असार महिनासम्म सरकारको कुल ऋण रकम २० खर्ब १० अर्ब १३ करोड रुपैयाँ थियो । कुल ग्राहस्थ उत्पादनमा सरकारको ऋण अनुपात ४१.२ प्रतिशत पुगेको छ । २०७९ असार मसान्तसम्म यस्तो अनुपात ४०.७ प्रतिशत थियो ।

प्रतिकृया दिनुहोस्