News Portal

विप्लवका छोरा डा. प्रकाश र डा. मान्यताले गरे जनवादी विवाह

फरकपोस्ट संवाददाताअसोज ११ काठमाडौं
४०९४ पटक
असोज ११ काठमाडौं

नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लवका छोरा डाक्टर प्रकाश चन्द र चितवनकी डाक्टर मान्यता थापाबीच प्रगतिशील जनवादी विवाद सम्पन्न भएको छ ।

बुधवार सो पार्टीको मुख्यालय रहेको कपिलवस्तुको शिवगढीमा उनीहरूको जनवादी विवाह गरिएको हो ।

पार्टीका शीर्ष नेताहरू, परिवारका सदस्य तथा शुभेच्छुकहरूको सहभागिता रहेको कार्यक्रममा सबैले टीका लगाएर शुभकामना दिएका थिए भने सामना परिवारले सांगीतिक कार्यक्रम राखेको थियो ।

कार्यक्रममा अन्य पार्टीका धेरै नेताहरू नगए पनि लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती वसन्त पुगेका थिए ।

प्रकाश र मान्यता चितवनमा एमबिबिएस अध्ययनका क्रममा परिचित भएका हुन् । प्रकाश पार्टी निकट जनस्वास्थ्यकर्मी संघको केन्द्रीय महासचिव छन् भने पार्टीको केन्द्रीय सदस्य हुन् भने मान्यता संघको केन्द्रीय सदस्य हुन् ।

प्रतिकृया दिनुहोस्