News Portal

मेची महाकाली अभियानमा छौं : अध्यक्ष नेपाल

गन बहादुर बिक असोज ८ प्यूठान
३९८ पटक
असोज ८ प्यूठान

नेपाल कम्युनिस्ट पार्टी(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मेची महाकाली अभियानमा रहेको बताएका छन । नेपालले आफूहरु पार्टी सुदृढीकरणका निम्ति मेची महाकाली अभियानमा रहेको जनाए । पार्टीको जिल्ला भेला उद्घाटनको निम्ति प्यूठान आएका अध्यक्ष नेपालले सोमबार पत्रकार भेटघाट कार्यक्रमको सम्बोधन गर्दै असोज १४ गतेदेखि २९ गतेसम्म मेची महाकाली अभियान सन्चालन गर्न लागेको बताएका हुन्।

साथै नेपालले गठबन्धन सरकार ५ वर्ष नै कायम रहने दाबी गरेका छन् ।  गठबन्धन सरकारलाई सबैको समर्थन रहेको नेता नेपालले स्पस्ट पारे । गठबन्धनमा अहिले ८ दल आन्तरिक रुपमा र बाह्य रुपमा पनि अरु दल हरु रहेको बताए ।

नेपालले वामपन्थी एकतालाई अघि बढाउनका लागि समाजवादी मोर्चा निर्माण गरिएको बताए । उनले भने देश लोकतान्त्रिक,वामपन्थी एवम् समाजवादी शक्तिहरु एक ढिक्का हुन जरुरी छ।”

पुर्वप्रधानमन्त्री एवम् हाल समाजवादी मोर्चाका अध्यक्ष समेत रहेका नेपालले अहिलेको सरकारले सुशासनको पक्षमा सकारात्मक दखल देखाईरहेको समेत बताएका ।

प्रतिकृया दिनुहोस्