News Portal

रूसी भर्ती सेनामा अवैध नेपाली : स्वदेश फिर्ताको पहल

फरकपोस्ट संवाददातामंसिर २३ काठमाडौँ
१६२ पटक
मंसिर २३ काठमाडौँ

रूसी भर्ती सेनामा अवैध नेपाली : स्वदेश फिर्ताको पहल

काठमाडौँ, परराष्ट्रमन्त्री एन.पी. साउँदले रुसी सेनामा संलग्न भएका भनिएका नेपाली नागरिकको यकिन तथ्याङ्क सङ्कलन र स्वदेश फिर्ताको पहल भइरहेको बताउनु भएको छ ।

सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिमा उहाँले भर्ना भएकाको सङ्ख्या र स्वदेश फिर्ताका लागि सहजीकरण गर्न कूटनीतिक रूपमा रुसलाई आग्रह गरिएको बताउनुभयो । उहाँले विद्यार्थी तथा भ्रमण प्रवेशाज्ञामा गएर फरक प्रयोजनमा काम गरिरहेको पाइएको बताउनुभएको छ ।

परराष्ट्रमन्त्री साउदले द्वन्द्वका क्रममा दिवङ्गत भएका नेपाली नागरिकका परिवारलाई क्षतिपूर्तिका लागि पहल भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “रुसमा नेपाली मारिएको बारे दूतावासले कुरा गरेको छ । खास केही सन्धि सम्झौताबाहेक अन्य अवस्थामा नेपाली नागरिकले कुनै पनि देशको सेनामा भर्ना नगर्ने नेपाल सरकारको नीति पनि हो । दिवङ्गतको पक्षमा क्षतिपूर्तिका लागि सम्बन्धित देशमा लेखेका छौँ । भर्ना भएका कति छन् यकिन गर्न र फिर्ताको आग्रह रुसलाई गरिसकेका छौँ ।”

उहाँले रुस–युक्रेन युद्धका क्रममा पनि दुई नेपाली बन्धक रहेको जानकारी प्राप्त भएको बताउनुभयो । उहाँले एक जनाको अवस्थाका बारेमा युक्रेनको दिल्लीस्थित र बर्लिनको नेपाली दूतावासले पनि पुष्टि गरेको बताउनुभयो । उहाँले एक जनाको हकमा परिवारले बन्धक भएको जानकारी दिएको र थप बुझ्ने काम भइरहेको जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्