News Portal

देउवाका छोराको बिहे भोजमा फूलमाला, खादा र उपहार लैजान नपाइने

फरकपोस्ट संवाददातामाघ १४ काठमाडौँ
१८५ पटक
माघ १४ काठमाडौँ

कांग्रेस सभापति शेरबहादुर देउवाका छोरा जयवीर सिंह र कभर गायिका शिवाना श्रेष्ठबीच माघ २१ गते विवाह हुँदैछ । देउवाको परिवार विवाहको अहिले तयारीमा जुटेको छ । निम्तो पत्र बाँड्ने कार्य पनि चलिरहेको छ ।

फागुन २ गते आर्मी अफिसर्स क्लबमा प्रीतिभोजको आयोजना गरिएको छ । भोजमा फूल, माला, खादा तथा उपहार नल्याउन निम्तालुलाई आग्रह गरिएको छ। निम्तो पत्रमै उक्त कुरा उल्लेख छ ।

२८ वर्षीय जयवीर देउवा र आरजुका एक्ला छोरा हुन्। शिवाना पूर्वपरराष्ट्र सचिव केदारभक्त श्रेष्ठकी नातिनी र सञ्जीवभक्त श्रेष्ठकी कान्छी छोरी हुन् ।

यी दुवै लामो समयदेखि प्रेम सम्बन्धमा छन् । जेठ १९ गते यी दुईले इन्गेजमेन्ट गरेका थिए । शिवाना कभर गायिका समेत हुन् । उनले आफ्नो युट्युब च्यानल ‘एसएस’मा थुप्रै कभर गीत पोस्ट गरेकी छिन् ।

उनलाई युट्युबमा सब्सक्राइब गर्नेको संख्या २८ हजार छ । उनले युट्युबमा बिली एलिस, अल्बाट्रस, एड् सिरन, रिहाना, साम स्मिथ, ड्रेक, एलिसिया किज लगायतका गायक र ब्याण्डका चर्चित गीतको कभर गीत पोस्ट गरेकी छन् ।

प्रतिकृया दिनुहोस्