News Portal

नवलपुरमा फेरि अर्को बाघ मारेर गाडेको अवस्थामा भेटियो

फरकपोस्ट संवाददाताफाल्गुन १२ काठमाडौँ
२३९ पटक
फाल्गुन १२ काठमाडौँ

पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका– १५ को नवदुर्गा सामुदायिक वनमा एउटा भाले बाघ मृत फेला परेको छ। रोयल बेंगल टाइगर प्रजातिको भाले वयस्क बाघ मृत फेला परेको चोरमारा रेन्जपाेस्टका वन अधिकृत दुर्गादत्त कँडेलले जानकारी दिए।

उनका अनुसार पूर्व-पश्चिम सडकबाट ५ सय मिटर दक्षिण, अरुणखोला बजारबाट १ किलोमिटर पूर्व, हर्बासटार गाउँबाट डेढ किलोमिटर उत्तरमा बाघ भेटिएको हो। बाघ जंगलको खोल्सामा खाल्टो खनेर गाडेको अवस्थामा भेटिएको हो। बाघ मारेर गाडिएको बताइएको छ।

जंगलमा हेरालुले गन्हाएको थाहा पाए पछि हेर्दा बाघको पछाडिको खुट्टा देखिने गरी पुरिएको अवस्थामा देखे पछि सामुदायिक वनका पदाधिकारीलाई खबर गरेका थिए।

बाघको शवलाई खनेर निकालिएको छ। उक्त बाघलाई भोलि पोस्टमार्टम गरिने बताइएको छ। यसअघि नवलपुरको मध्यविन्दु– १२ अरुणखोला बजार नजिकै पनि एउटा भाले पाटेबाघ मृत फेला परेको थियो ।

प्रतिकृया दिनुहोस्