News Portal

सामाजिक सुरक्षा कार्यक्रमका लागि १ खर्ब ९ अर्ब रुपैयाँ बजेट विनियोजन

फरकपोस्ट संवाददाता जेठ १५ काठमाडौँ
२२ पटक
जेठ १५ काठमाडौँ

सरकारले नयाँ बजेटमा सामाजिक सुरक्षा कार्यक्रमका लागि १ खर्ब ९ अर्ब रुपैयाँ विनियोजन गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट भाषणमार्फत् यसबारे जानकारी गराएका हुन् । साथै उनले छरिएर रहेका सामाजिक सुरक्षा कार्यक्रमलाई एकीकृत गरिने पनि उनले घोषणा गरे ।

सबै सामाजिक सुरक्षामा आबद्ध हुन क्रमशः राष्ट्रिय परिचयपत्र अनिवार्य गरिने उनले बजेट पढेर सुनाउँदै जानकारी गराए ।

जेष्ठ नागरिकलाई घुम्ती टोली बनाएर राष्ट्रिय परिचयपत्र प्रदान गरिने पनि अर्थमन्त्री पाैडेलले  बताए ।

सामाजिक सुरक्षाका नाममा दोहोरो सुविधा कतै पनि नदिइने अर्थमन्त्री पाैडेलले बताए ।

तर, वृद्ध भत्ताको उमेर बढाउने घोषणा भने उनले गरेका छैनन्  ।

प्रतिकृया दिनुहोस्