News Portal

चर्चित कलाकार रक्षा श्रेष्ठ आमा बनिन्

आफ्नो जन्मदिनको अवसरमा बच्चा सहितको फोटो राखिन

फरकपोस्ट संवाददाताअसार २४, काठमाडौं
४७९ पटक
असार २४, काठमाडौं

भद्रगोल हुदै पछिल्लो समय दर्शक सामु प्रिय बनेको हास्य टेलि सिरियल “सक्किगोनी” कि कलाकार रक्षा श्रेष्ठ आमा बनेकी छन् । दुई महिना अगाडि एक छोरीको जन्म दिएकी हुन रक्षाले तर उनले आफू आमा बनेको भर्खरै सार्वजनिक गरेकी छन् ।
रक्षाले बुधबार परेको आफ्नो जन्मदिनको अवसर पारेर छोरीको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गर्दै आमा बनेको समेत जानकारी दिएकी हुन् । गत बैशाख २३ गते छोरीलाई जन्म दिएकी रक्षाले आमा बनेको खबर भने अहिलेसम्म गोप्य राख्दै आएकी थिइन् ।

आज आफ्नो पनि जन्मदिन परेको र छोरी पनि दुई महिना पुगेकाले छोरीको तस्बिर सामाजिक संजाल मार्फत सार्वजनिक गरेको रक्षाले बताइन् । ‘मलाई पर्सन जीवन गोप्य राख्नै मनपर्छ । त्यसैले आमा बनेको खबर बाहिर ल्याएको थिइन’ रक्षाले भनिन् ‘केही मिडियाले मेरो बिषयमा छोरा जन्माएको लगायत केही भ्रामक समाचार हिजो बनाएको पाएकोले छोरीको नाम सहित तस्बिर सार्वजनिक गरेकी हुँ ।’

प्रतिकृया दिनुहोस्