News Portal

समिक्षा अधिकारी आईन् तीजमा ढल्की ढल्की नाच्न हेर्नुहोस् भिडियो सहित

फरकपोस्ट संवाददातासाउन २० काठमाडौं
४४१ पटक
साउन २० काठमाडौं

नेपाली हिन्दु नारिहरुको महान पर्व हरितालिका तीज झन् झन् नजिकिदै जादा नेपाली सांगीतिक बजारमा तीजका गीतहरु एकपछि अर्काे सार्वजनिक हुदै आएका छन । यसै सन्र्दर्भमा चर्चित गायिका समिक्षा अधिकारीको आवाजमा नयाँ तीज गीत “ढल्की ढल्की नाच्नलाई” भर्खरै डिजिटल बजारमा सार्वजनिक भएको छ । साथमा आवाजमा साथ तेजु आर्यालले दिएका छन भने शव्द संगीत पनि तेजु अर्यालकै रहेको छ ।

काजि श्रेष्ठले निर्देशन गरेको म्यूजिक भिडियोको छायांकन दिपक गिरिले गरका छन भिडियोको सम्पादन अमृत चापाँगाइले गरेका हुन । म्युजिक भिडियोमा विमल अधिकारी, बेवो आचार्य, जुनु सिन्धुली, सरोज सापकोटाको अभिनय तथा नृत्य रहेको छ । सलिना म्यूजिकले गीतको बजार व्यवस्थापन गरेको छ । “ढल्की ढल्की नाच्नलाई” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

प्रतिकृया दिनुहोस्