News Portal

जाेडी परेवा भाग २ सार्वजनिक, मुसी कलाैटे परिवारकाे बेजाेड प्रस्तुती बन्याे भाइरल

फरकपोस्ट संवाददातापाैष ५ काठमाण्डाैं
१८२१ पटक
पाैष ५ काठमाण्डाैं

मुसी कलौटे परिवारको बेजोड प्रस्तुती जोडी परेवा सर्वाधिक लोकप्रिय बनेपछि सोही परिवारको नयाँ कोसेली जोडी परेवा भाग दुई उड्यो मालचरा सार्वजनिक भएको छ । लोकप्रिय संगीतकार बिबि अनुरागीको पहलमा गीत गाउने सपना पुरा गरेका कलौटे गन्धर्व र मुसी गन्धर्वको अनुरोध संगै दर्शक श्रोताको माग बमोजिम दोस्रो भाग लिएर आएको संगीतकार अनुरागीले हामीजलाई बताए ।

आफ्नो दैनिकी सारङगी मार्फत गुर्जादै आएका गन्धर्व समुदायका परिवारको प्रस्तुतीलाई दर्शक श्रोताले निकै रुचाएका छन । गीत सार्वजनिक भएलत्तै यत्रतत्र सर्वत्र चर्चा हुन थालेको छ । अहिलेसम्म जोडी परेवा गीतलाई युटुबमा झण्डै डेढ करोड पटकको आसपमा हेरिएको छ । पहिलो भागको चर्चा अत्यधिक भएकाले पनि यसलाई विशेष महत्वको साथ हेरिएको छ ।

गीतको शव्द संगीत सृजना संगीतकार बिबि अनुरागीले सृजना  गरेका हुन । भने स्वर मुसी कलौटे सपरिवारको रहेको छ । अत्यन्तै मौलिक रअर्गानिक बनेर आएको गीत मालचरा संगै मुसी कलौटे सपरिवारको यस प्रस्तुतीलाई शिखर सफलताको शुभकामना व्यक्त गर्दछौं ।

भिडियाे

 

प्रतिकृया दिनुहोस्