News Portal

ज्योति फिल्मद्वारा राकेश सोनी सम्मानित

फरकपोस्ट संवाददाताचैत १४ काठमाण्डाैं
५८४ पटक
चैत १४ काठमाण्डाैं

म्युजिक ऐरेन्जर राकेश सोनीलाई ज्योति फिल्मस्द्वारा सम्मान गरिएको छ। विगत लामाे समय देखि नेपाली गीत संगीतकाे क्षेत्रमा संगीत संयाेजनकाे क्षेत्रवाट  योगदान पुर्याएको भन्दै सोनीलाई सम्मान गरिएको हो ।

विगत १४ वर्षदेखि सांगीतिक क्षेत्रमा रहेर काम गर्दै आएका सोनीले यस सम्मानले आफूलाई थप उर्जा हाैसला मिलेको बताए साथै कामप्रति अझै लाग्ने प्रेरेणा समेत मिलेकाे छ उनले भने । ‘

सोनीद्वारा एरेन्ज गरिएका थुप्रै गीतसंगीतहरु हिट छन् । २०६४ सालदेखि यस क्षेत्रमा प्रवेश गरेका उनले हजारौँ गीतहरु एरेन्ज गरिसकेका छन् ।

लामो समय प्रीज्म रेकर्डिङ स्टुडियोमा काम गरेका सोनी अहिले आफ्नै म्युजिक स्टुडियोमा व्यस्त छन्। उनले यसअघि पनि एरेन्ज विधामा थुप्रै अवार्ड र सम्मानहरू हात पार्न सफल भएका छन् ।

प्रतिकृया दिनुहोस्