News Portal

“टुबोर्ग छैटौँ राष्ट्रिय रनिङ शिल्ड खुल्ला दोहोरी गीत प्रतियोगिता – २०७८ सुरु, ६१ समुह प्रतिस्पर्धा गर्दै

फरकपोस्ट संवाददाताचैत १६ काठमाडौं
८४९ पटक
चैत १६ काठमाडौं

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल केन्द्रिय समितीद्वारा आयोजित “टुबोर्ग छैटौँ राष्ट्रिय रनिङ शिल्ड खुल्ला दोहोरी गीत प्रतियोगिता – २०७८” को नेपाल सरकारका अर्थ सचिव मधु कुमार मरासिनीले दिप प्रज्वलन गरी उद्घाटन गरेका छन । उद्घाटन कार्यक्रममा राष्ट्रिय गान गाए पश्चात दिवंगत कलाकारहरुको चिर शान्तीको कामना गर्दै १ मिनेट मौन धारण पनि गरिएको थियो ।

संस्थाका केन्द्रीय अध्यक्ष रमेश बिजीको अध्यक्षतामा सुरु भएको कार्यक्रममा नेपाल सरकारका अर्थ सचिव मधु कुमार मरासिनीको प्रमुख आतिथ्यता रहेको थियो भने बिशिष्ट अतिथीको रुपमा संस्थापक अध्यक्ष अमर बिरही गुरुङ, पुर्व अध्यक्षहरु दुर्गा रायमाझी, पुरुषोत्तम न्यौपाने, चन्द्र शर्मा, निवर्तमान अध्यक्ष बद्री पंगेनी, टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी, बागेश्वरी खड्का हाउजिङका सिईयो राजु खड्का, बिशेष अतिथीको रुपमा रुपमा टोखा नगरपालिका वडा नं. ७ का अध्यक्ष नरोक्तम राना, बरिष्ठ गायक तथ चलचित्र निर्देशक नारायण रायमाझी, राजन लम्साल, कोमल ओली, राम चन्द्र कोईराला, उज्वलजंग ठकुरी, खिम बहादुर हमाल, डा. गोबिन्द आचार्य, पृथ्बी ढकाली, भरत बस्नेत, बद्री पौडेल लगायत रहेका थिए भने बिष्णु खत्री, एक नारायण भण्डारी, बाबुराजा केसी उज्जवल, बिमलराज क्षत्री, टुबोर्ग बियरका प्रतिनिधीहरु अंकिता श्रेष्ठ र उत्कृष्ठ नेपाल, बरिष्ठ गायक नन्द कृष्ण जोशी लगायत चर्चित कलाकारहरु अतिथीको रुपमा उपस्थित रहेका थिए ।

संस्थाका महासचिव सुवास केसीले संचालन गर्नुभएको कार्यक्रमको स्वागत मन्तव्य बरिष्ठ उपाध्यक्ष रिता थापा राखेकी थिइन् । “टुबोर्ग छैटौँ राष्ट्रिय रनिङ शिल्ड खुल्ला दोहोरी गीत प्रतियोगिता – २०७८” को पहिलो दिन युनिभर्सल टेलीभिजन, नेपाली रेडियो नेटवर्क लगायत बिभिन्न अनलाईहरुबाट पनी प्रत्यक्ष प्रसारण गरिएको थियो ।

कार्यक्रमको पहिलो दिन प्रतिष्ठानका संस्थापक अध्यक्ष देखी वर्तमान अध्यक्ष सम्मलाई कोट उपहार प्रदान गरिएको थियो । “टुबोर्ग छैटौँ राष्ट्रिय रनिङ शिल्ड खुल्ला दोहोरी गीत प्रतियोगिता – २०७८” को पहिलो दिन औपचारिक कार्यक्रम संगै चर्चित कलाकारहरुको सांगीतिक प्रस्तुती समेत रहेको थियो ।

“टुबोर्ग छैटौँ राष्ट्रिय रनिङ शिल्ड खुल्ला दोहोरी गीत प्रतियोगिता – २०७८” को दोस्रो दिनबाट मात्र प्रतियोगिता सुरु हुने कुरा आयोजक पक्षले जानकारी गराएको छ । प्रतियोगिता चैत्र १९ सम्म निरन्तर भृकुटी मण्डपमा हुने छ । कार्यक्रममा प्रतियोगीता संयोजक शिब हमाल रहेका छन् भने सांस्कृतिक संयोजमा रामजी खाण रहेका छन् । “टुबोर्ग छैटौँ राष्ट्रिय रनिङ शिल्ड खुल्ला दोहोरी गीत प्रतियोगिता – २०७८” मा निर्णायक संयोजक चन्द्र शर्मा, सह संयोजक बद्री पंगेनी लगायत अन्य निर्णायक रहेका छन् ।

“टुबोर्ग छैटौँ राष्ट्रिय रनिङ शिल्ड खुल्ला दोहोरी गीत प्रतियोगिता – २०७८” मा ६१ वटा समुह बिच प्रतिस्पर्धा हुने भएको छ । प्रतियोगितामा मौलिकतालाई बिशेष जोड दिईने कुरा अध्यक्ष रमेश बिजीले बताए । कार्यक्रममा बोल्दै टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले यस प्रतियोगितालाई सफलताको शुभकामना ब्यक्त गर्दै प्रतिष्ठानलाई आफ्नो नगरपालिकाको गक्ष अनुसार सहयोग गर्ने र प्रत्यक बर्ष बजेट बिनियोजनमा पनि प्रतिष्ठानका लागि बजेट बिनियोजन गरिदिएर सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए ।

कार्यक्रममा दुबोर्ग बियरका प्रतिनिधी उत्कृष्ठ नेपालले बोल्दै यस प्रतियोगिता र प्रतिष्ठान सँग जोडिन पाएकोमा खुसी ब्यक्त गरेका थिए । साथै प्रतियोगिता लगायत आगामी दिनमा अन्य कार्यमा पनि प्रतिष्ठानसँग सहकार्य गर्न सकिने कुरा जनाएका थिए ।

नेपाल सरकारका अर्थ सचिव मधु कुमार मरासिनीले भन्छन् “मेरो हरेक नशा नशामा संगीत रहेको छ । म खुसी हुँदा बद्री पंगेनी लगायत अन्य कलाकारहरुको गीत सुन्छु भने दुखी हुँदा नारायाण रायमाझी लगायत अन्य कलाकारहरुको गीत सुन्ने गर्छु । सुखमा पनि दुखमा पनि संगीत सुन्ने गर्छु । म कहिलेकाही किन गायक हुन सकिन भनेर सोच्छु । देशले गर्नु पर्ने काम प्रतिष्ठानले गरेको देख्दा खुसी लागेको छ । त्यसै माथी यस्तो भब्य कार्यक्रमको प्रमुख अतिथी हुन पाएकोमा गर्व महसुस गरेको छु । यस कार्यक्रममा मै आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने छु । हरेक कलाकारहरुलाई केही पिडा तथा समस्या पर्दा सरकारको तर्फबाट मैले सक्दो सहयाग गर्ने प्रतिबद्धता ब्यक्त गर्दछु ।”

विगतमा प्रतिष्ठानका तत्कालीन अध्यक्ष चन्द्र शर्माको कार्यकालमा सुरु भएको नियमित रनिङ शिल्ड प्रतियोगिता विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड – १९ का कारण २ वर्ष अवरुद्ध भएको थियो भने हालः महामारी सामान्य भएपश्चात पुनः निरन्तरता दिन लागिएको हो ।

प्रतियोगितामा प्रथम स्थान हासिल गर्नेलाई नगद रु.२ लाख २५ हजार, प्रमाणपत्र, मेडल र शिल्ड र प्रमाणपत्र, दोस्रो स्थान हासिल गर्नेलाई नगद रु.१ लाख ५० हजार, प्रमाणपत्र, मेडल, तेश्रो स्थान हासिल गर्नेलाई नगद रु. १ लाख नगद, प्रमाणपत्र, मेडल र सान्त्वना स्थान हासिल गर्नेलाई नगद रु ५० हजार, प्रमाणपत्र, मेडल र उत्कृष्ट २ पुरुष, २ महिला साथै उत्कृष्ट भेषभूषा र अनुशासित टीमलाई रु. १० हजार नगद, मेडल र प्रमाणपत्र प्रदान गरिने कुरा आयोजक पक्षले जानकारी गराएको छ ।

कार्यक्रमको पहिलो दिन दर्शकहरु, कलाकार, पत्रकारहरुको बाक्लो उपस्थितीले मन प्रशन्न भएको भन्दै केन्द्रिय अध्यक्ष रमेश बिजीले मुख्य प्रायोजक, प्रायोजक, सह प्रायोजक, सहयोगिदाता, पत्रकार, स्वयंसेवक तथा कार्यक्रम सफल बनाउन खटिने ब्यक्तिहरु प्रति आभार प्रकट गरेका थिए । साथै दोस्रो दिन (१७ गते) बिहान करिब ९,१० बजे देखी प्रतियोगिता सुरु हुने जानकारी गराउदै कार्यक्रमलाई सभ्य र भब्य रुपमा सफल बनाईदिनका लागी समेत रमेश बिजीको अनुरोध गरेका थिए ।

प्रतिकृया दिनुहोस्