News Portal

बसन्त विश्‍वकर्माकाे सामाजिक यथार्थ बाेकेकाे गीत रेलीमै सार्वजनिक

फरकपोस्ट संवाददाता
७५६ पटक

दाेहाेरी च्याम्पिन मार्फत दर्शक श्राेताकाे अत्यधिक माया पाउन सफल लाेक तथा दाेहाेरी गायक बसन्त विश्‍वकर्माकाे सन्देशमूलक गीत ‘रेलीमै सार्वजनिक’ भएकाे छ । गीतलाई बसन्त विश्‍वकर्मा र शान्ति श्री परियारले गाएका छन । गीतकाे शब्द सृजना पनि गायक विश्‍वकर्माले नै गरेका छन । गीतमा संगीत पछिल्लाे समय निकै रुचाइएका गायक एवं सर्जक प्रकाश दुतराजले दिएका छन ।  कृष्ण बि‌ क भान्जाकाे संगीत संयाेजन श्यामश्‍वेत रसाइलीकाे ध्वनी सम्पादन रहेकाे यस गीतकाे रेकर्डिङ प्रिज्म स्टुडियाेमा गरिएकाे हाे भने रेकर्ड कमल थापा र डिबी लाेहनीले गरेका हुन ।

मौसम हिमालीकाे निर्देशन रहेकाे यस म्युजिक भिडियाेमा  गायक बसन्त विश्‍वकर्मा , उषा उप्रेती ,शिव शरण न्यौपाने र मार्भिन मौसम दरै लगायतका कलाकारहरुकाे अभिनय देख्न सकिन्छ। गीत र म्युजिक भिडियाेले अझैपनि समाजमा जरा गाडेर रहेकाे कथित दाइजाे प्रथाले निम्ताउने कुरीतिकाे विषयलाई उजागर गरेकाे छ ।

सामाजिक यथार्थ भाव लिएर जन्मिएकाे यस गीतले सबैकाे मन जितोस् हाम्रो तर्फबाट शुभकामना ।

भिडियो :

प्रतिकृया दिनुहोस्