News Portal

सत्य स्वरुपको आवाजमा ‘अब तिमलाई कहाँ छोडम्ला’ चर्चामा

फरकपोस्ट संवाददाताअसार २३ काठमाडौं
२७८३ पटक
असार २३ काठमाडौं

सत्य स्वरुपको आवाजमा नयाँ गीत ‘अब तिमलाई कहाँ छोडम्ला’ सार्वजनिक भएको छ । गीतमा गायिका जिना रसाइलीले सत्य स्वरुपलाई साथ दिएकी छिन् ।

गीतमा श्रीकृष्ण बम मल्लले शब्द,संगीत सृजना गरेका छन् । कृष्ण भान्जाको संगीत संयोजन, श्यामश्वेत रसाइलीको मिक्सिङ्ग मास्टरिङ्ग रहेको यस गीतको रेकर्डिङ गोविन्द अनेक, कमल थापा, किरण सुनारले गरेका हुने भने रेकर्ड प्रिज्म स्टुडियोमा गरिएको हो ।

सुगम संगीत तर्फ उत्कृष्ट छबि बनाइसकेका गायक द्वय सत्य स्वरुपले पछिल्लो समय लोक शैलीमा बनेका गीतहरू पनि गाइरहेका छन् । स्वरुपकै आवाजमा रहेको केही वर्ष अगाडि सार्वजनिक भएको गीत डाँडाङरे साइली सर्वाधिक चर्चाको शिखरमा पुग्यो, गीतको चर्चा लोकप्रियता र लोक दर्शक श्रोताको मायाका कारण पनि सुगम संगीतका हस्ति मानिएका सत्य स्वरुपले लोक शैलीका गीतहरू गाइरहेको अनुमान गर्न सकिन्छ ।

म्युजिक भिडियोमा शिव बिकको कोरियोग्राफी तथा निर्देशन, सौरभ लामाको छायांकन र विकाश ज्ञवालीको सम्पादन रहेको छ । भिडियोमा अभिनेता सुनिल थापा,अभिनेत्री शर्मिला मल्ल ,रामचन्द्र अधिकारी ,नायक पुष्प खड्का,कृण्ण सुनार,नायिका बर्षा राउत लगायतको टिमले अभिनय गरेका छन् ।

दाजुभाई सत्य-स्वरूपको अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको यस गीतको अडियो / भिडियो दुवै पक्ष बलियो रहेको गीतको श्रव्य दृष्य सामग्रीमा सुन्न र हेर्न सकिन्छ । गीतले सार्वजनिक भएको २ दिनमै निकै राम्रो चर्चा बटुलेको छ ।

प्रतिकृया दिनुहोस्